Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

त्रिविमा घटे ४ वर्षमा अढाइ लाख विद्यार्थी !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ - केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ । आंगिकमा मात्र होइन त्रिविका सम्बन्धनप्राप्त क्याम्पसमा समेत विद्यार्थी संख्या घटेको हो । ०७२ मा आंगिकमा २ लाख ७३ हजार ३ सय ४९ र सम्बन्धनप्राप्त क्याम्पसमा ३ लाख ३१ हजार ८८ गरी ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी भर्ना भएका थिए । ०७३ मा अघिल्लो वर्षभन्दा झन्डै दुई लाख विद्यार्थी घटेका छन् । सो वर्ष आंगिकमा १ लाख ६९ हजार ८ सय ६५ र सम्बन्धनप्राप्त क्याम्पसमा २ लाख ६६ हजार ९ सय १६ गरी जम्मा ४ लाख ३६ हजार ७ सय ८१ विद्यार्थी मात्र भर्ना भए । ०७४ मा पनि विद्यार्थी संख्या निरन्तर घट्यो । सो वर्ष त्रिविका सबै क्याम्पसमा गरी ३ लाख ६० हजार २ सय ५४ विद्यार्थी मात्र भर्ना भए । ०७५ मा अघिल्लो वर्षभन्दा कुल विद्यार्थी संख्या ७ हजार बढेको त्रिविको तथ्यांक छ । ०७५ मा आंगिकमा १ लाख ४२ हजार २ सय ९६ र सम्बन्धनप्राप्तमा २ लाख २८ हजार ९ सय ६ गरी ३ लाख ६७ हजार चार २७ विद्यार्थी भर्ना भएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy