Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अब उपत्यकाको यी ठाउँमा सवारीसाधन चलाउन पाइने छैन

काठमाडौं, भूकम्पका कारण भत्कन सक्ने भौतिक संरचनाको डर देखाउँदै प्रहरीले उपत्यको विभिन्न स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । भौतिक संरचनाले मानवीय क्षती हुने संभावित खतरालाई ध्यानमा राख्नै प्रहरीले सवारी सञ्चालनमा रोक लगाएको हो । कालिमाटीको हानागोला चोकबाट पश्चिम तर्फ जाने भित्रीबाटो, डल्लुपुल विजेश्वरी, भगवानबहाल हुँदै संचयकोष जाने भित्री बाटो र जेपीमोड बाट क्षेत्रपाटी सम्मको बाटोमा सवारी साधनलाई प्रवेशमा रोक लगाईएको छ । त्यस्तै गंगबु –बानियाटार सडकखण्ड, अस्टनारयण – शेषमतिपुलसडकखण्ड, बाईपास — नेपालटार जाने सडकखण्ड, प्यागल — लगनखेल सडकखण्ड र कपनको भण्डारी गारमेन्टबाट आकाशेधारा सम्मको सडकखण्डमा चल्ने सवारी साधन लाई पनि पुर्ण रुपमा रोक लगाईएको  ट्राफीक प्रहरीले जनाएको छ । उक्त सडक सडकखण्डको बिचमा रहेका भग्नाबशेषहरु हटाउने कार्य भैरहेकाले सवारी साधनलाई निषेध गरीएको जनाइएको छ । त्यस्तै गरी बसन्तपुर डबली क्षेत्रमा पनि सवारी साधनको संचालनमा पुर्ण रुपमा रोक लगाईएको छ । सवारी साधन संचालनको कारण पुरातत्वीक महत्व बोकेका संरचनामा थप क्षती हुन सक्ने भएकोले उक्त स्थानमा चल्ने सवारी साधनलाई प्रवेशमा रोक लगाईएको प्रहरीको दाबी छ । गणेशस्थान देखी महादेवस्थान, कुलेश्वर आवास क्षेत्र, कालीमाटी खाद्यगोदाम क्षेत्र, टंकेश्वर ताहाचल, टियु गेटबाट नयाँबजार सम्मको, सानोभ¥याङ्ग एकधारा सडकखण्ड, ठुलोभयाङ्ग रानीबारीसडकखण्ड र नर्सिङ्गचोक बाट टेबाहल हुदै ठैटी जाने सडकमा ठुला सवारी साधनलाई प्रवेशमा रोक लगाईएको छ । त्यस्तै सुकेधाराबाट एकताबस्ती सम्मको सडकखण्ड, गोपीकृष्णबाट कपन सरस्वतीनगर जाने सडकखण्ड, बालाजु बाईपास सडकखण्ड, लगनबाट परोपकार जाने सडकखण्ड, महापालबाट बंगलामुखी जाने सडकखण्ड र सतुङ्गलबाट मातातिर्थ जाने सडकखण्डमा पनि ठुला सवारी साधन संचालनमा रोक लगाईएको छ । मित्रनगरबाट म्हेपी जाने सडकखण्ड, सामाखुसी बाट कुकुर शाखा तर्फ आउने सडकखण्ड, लगनबाट नरदेवी जाने सडकखण्ड, बसन्तपुरबाट क्षेत्रपाटी जाने सडकखण्ड र चक्रपथ बाट गणेशबस्ती जाने सडकखण्डमा दुईपाङ्गे सवारी साधन मात्रै संचालन भएका छन् । अवरुद्ध बाटो खुलाई आवागमन सहज बनाउने प्रयास नेपाल प्रहरीले गरीरहेको छ । आवागमन सहज बनाउने प्रयास भईरहेता पनि सुरक्षीत यात्राको लागी वैकल्पीक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy