Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीयः  उपराष्ट्रपति  पुन

काठमाडौं, २६ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग अफगानीस्तान उच्च शान्ति परिषद्का प्रतिनिधि मण्डलले भेटघाट गरेको छ । नेपालको शान्तिप्रक्रियाको अध्ययन गर्न आएको अफगानीस्तानका पूर्वमन्त्री डा. हबिबा साराबी नेतृत्वको उच्च शान्ति परिषदको प्रतिनिधि मण्डलले मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर उपराष्ट्रपतिसँग भेटघाट गरेको हो ।

उपराष्ट्रपतिले अफगानीस्तान उच्च शान्ति परिषद्का प्रतिनिधि मण्डलसँगको भेटमा नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय र नमूनायोग्य भएको बताए । उनले नेपालले आफ्नै मौलिकतामा शान्तिप्रक्रिया सम्पन्न गरेको बताए । ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय छ, द्वन्द्वरत मुलुकहरुले नेपालको शान्तिप्रक्रियाबाट सिक्न सक्छन्,’ उनले भने, ‘अफगानीस्तानमा शान्तिप्रक्रिया प्रारम्भ भएको थाहा पाउँदा खुशी लाग्यो, नेपालबाट अफगानीस्तानले सिक्न सक्छ ।’

उपराष्ट्रपतिले स्थायी शान्तिका लागि द्वन्द्वरत दुवै पक्ष उत्तिकै गम्भीर र जिम्मेवार हुनुपर्ने बताए । ‘यो एउटा लेनदेनको प्रक्रिया पनि हो । लिने र दिने दुवैले ध्यान दिनपर्छ की हाम्रो मध्यविन्दु कहाँ हो । मध्य विन्दु पत्ता लाग्यो भने शान्तिप्रक्रिया अगाडि बढ्छ’, उनले भने, ‘दुवै पक्ष आ–आफ्नो अडानमा रह्यो भने शान्ति प्रक्रिया अगाडि बढ्न सक्दैन ।’

[caption id=\"attachment_205615\" align=\"aligncenter\" width=\"858\"]\"\" नेपालको शान्तिप्रक्रिया बारे अफगानीस्तान उच्च शान्ति परिषद्का पदाधिकारीसँग आफ्नो अनुभव सुनाउँदै सम्माननीय उपराष्ट्रपति पुन ।[/caption]

उपराष्ट्रपतिले अफगानीस्तानलाई शान्तिप्रक्रिया आफ्नो मौलिकतामा अगाडि बढाउन सुझाव दिनुभयो । ‘शान्तिप्रक्रियाका लागि विभिन्न अनुभवहरु छन् । तर, मलाई लाग्छ अफगानीस्तानले आफ्नो मौलिकता रोज्नुपर्दछ’, उनले भने, ‘नेपालबाट केहीं सिक्न सक्नुहुन्छ, तर प्रमुख कुरा त्यो होइन । यदि सहयोगको आवश्यक पर्छ भने हामी तयार छौँ ।’ उनले अफगानीस्तानको शान्तिप्रक्रिया सफलताको शुभकामना पनि दिए ।

भेटमा अफगानीस्तान उच्च शान्ति परिषद्का नेतृत्व गर्नुभएकी पूर्वमन्त्री डा. हबिबा साराबीले अफगानीस्तान शान्तिप्रक्रियामा अगाडि बढेको बताए । उनले नेपालको शान्तिप्रक्रियाबाट सिक्नका लागि आफूहरु नेपाल भ्रमणमा आएको बताए । ‘हामी शान्तिप्रक्रियामा छौँ । नेपालको शान्तिप्रक्रियाको अध्ययन गर्ने क्रममा शान्तिप्रक्रियाका महत्वपूर्ण व्यक्तित्व उपराष्ट्रपतिज्यूसँग भेट्न पाउँदा र धेरै कुरा सिक्न पाउँदा खुशी छौँ’, पूर्वमन्त्री साराबीले भने, ‘नेपालको शान्तिप्रक्रिया साँच्चीकै विश्वका लागि उदाहरणीय रहेछ ।’ अफगानीस्तानमा शान्तिप्रक्रियाको लागि उच्च शान्ति परिषद्ले काम गर्दै आएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: