Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

७० करोड डलर पर्ने सुनको टिफिन बट्टाबाट जब चोरले खाजा खाएपछि...

भारत । गत साता चोरिएको टिफिन बट्टाका साथै एउटा माणिक र सुनले बनेको चियाकपको सेट एवम् र चम्चा पनि प्रहरीले फेला पारेको छ । ती सामग्री पहिलाको हैदरावाद राज्यका अन्तिम निजाम शासकको हो । हीराजडित सुनको उक्त टिफिन बट्टा चोरीबारे छानबिन गरिरहेको प्रहरीले दुई पुरुषलाई पक्राउ गरेको छ । ती सामग्रीको मूल्य ७० लाख डलर आँकलन गरिएको छ । हाल सङ्ग्रहालयमा परिणत निजामको दरबारमा राखिएका ती सामग्रीलाई चोरहरूले भेन्टिलेटर फोरेर भित्र पसी चोरेको बताइएको थियो । तिनले सुरक्षार्थ राखिएका सीसीटिभी क्यामराहरूलाई पनि छक्याएको प्रहरीले बताएको थियो । हैदरावाद राज्यका सातौँ र अन्तिम निजाम मिर ओसमान अली खान उनको समयमा विश्वकै सबभन्दा धनीमध्येका एक थिए । प्रहरीका अनुसार चोरी गरेपछि ती दुवै पुरुष मुम्बईतिर भागेका थिए । त्यहाँ उनीहरूले ती सामानका सम्भावित ग्राहक भेट्टाउने आशा राखेका थिए । केही दिन उनीहरू त्यहाँको पाँचतारे होटेलमा ठाँटका साथ बसे । सो टिफिन बट्टाबाट उनीहरूले खाजा समेत खाएको प्रहरीले जनाएको छ । [caption id=\"attachment_205826\" align=\"alignleft\" width=\"850\"]\"\" हैदरावादका निजाम ओसमान् अलि खान त्यतिखेर विश्वकै धनीमध्ये थिए।[/caption] तर उनीहरूले किन्ने मानिस भेटेनन् र हैदराबाद नै फर्किए । पछि प्रहरीले उनीहरूलाई भेट्टाइ छाड्यो । निजामको दरबारमा राखिएका ३२ वटा सीसीटिभी क्यामरा सबै उनीहरूले चोर्ने बेला बन्द गरिदिएकाले प्रहरीलाई उनीहरूको पहिचान यकिन गर्न कठिन भएको थियो । तर एउटा क्यामराले चाहिँ उनीहरू एउटा मोटरसाइकलमा सवार दृश्य खिचेको रहेछ । पछि प्रहरीले सो मोटरसाइकल बरामद गर्‍यो र लगत्तै उनीहरूको पहिचान भयो । सबै भेटिएका बहुमूल्य सामग्रीलाई निजाम सङ्ग्रहालयमा फर्काइनेछ । मिर ओसमान अली खानको निधन सन् १९६७ मा भएको थियो । उनको विशाल वैभव थियो जसमध्ये कैयौँ बहुमूल्य रत्नसहित अण्डा जत्रो आकारको एउटा हीरा विश्वप्रसिद्ध जेकब्स डाइमन्ड पनि एक हो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending