Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

पादरीले ३६ सय बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा

रोमन क्याथलिक पादरीले ३६ सय बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । जर्मनीको रोमन क्याथलिक गिर्जाघर आफैंले गरेको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो । सन् १९४६ देखि २०१४ को अवधिमा गिर्जाघर भित्रै पादरीहरुले यस्तो निन्दनीय कार्य गरेको अध्ययनले खुलासा गरेको हो ।  बीबीसीले सेप्टेम्बर २५ मा सार्वजनिक गरिने भनेको प्रतिवेदनबारे यस्तो खुलासा गरेको हो । समाचारमा उल्लेख भए अनुसार रोमन क्याथलिक संस्थाको प्रतिवेदनमा १६७० पादरीले मात्र ३६७७ बालबालिकामाथि कुनै न कुनै यौनजयन्य हिंसा गरेको उल्लेख गरिएको छ । यस्तो प्रतिवेदनलाई त्यहाँका जिम्मेवार अधिकारीले भने निराशा र लज्जाबोध हुने तथ्यांक भएको बताएका छन् ।  संसारभर इसाई पादरी यौनहिंसामा पर्ने गरेका खबर सार्वजनिक भए पनि यो भने भर्खरै सर्वजनिक भएको ठूलो तथ्यांक हो । अध्ययनमा उल्लेख भए अनुसार दोषीलाई सामान्य माफी मगाएर छोडिएको छ । हिंसामा परेकाहरुको उमेर १३ वर्ष वा सोभन्दा कम भएको अध्ययनले सार्वजनिक गरेको छ। हिंसाका ६ घटनामा एउटा बलात्कार रहेको छ । जर्मनका तीनवटा विश्वविद्यालयले यो अध्ययन गरेका हुन्। कतिपय घटनाका विवरण नष्ट गरिएको भन्दै अनुसन्धानकर्ताले यो संख्या अझ बढी हुन सक्ने बताएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies