Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मन्त्रीहरूले नै संविधानको विरोध गरेपछि...

जनकपुर । सरकारका मन्त्री आफैँ संविधान दिवसको विरोध गर्ने जिम्मेवारीमा भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो अनौठो जात्रा हाँडीगाउँको नभएर प्रदेश नं. २ को हो । राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदेश नं २ मा सरकारको नेतृत्व गरिराखेको छ र उसले असोज ३ गते संविधान दिवसको विरोधमा मन्त्री नै खटाएको छ । प्रदेश २ का मन्त्री र राज्यमन्त्री संविधान दिवसको दिन राजपाले आयोजना गर्ने विरोधसभालाई सम्बोधन गर्ने जिम्मेवारीमा रहेका छन् । भदौ २५ देखि २८ गतेसम्म काठमाडौंमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले मन्त्रीहरूलाई उक्त कार्यक्रममा खटाउने निर्णय गरेको हो । यस जिम्मेवारी अनुसार संविधान दिवसको दिन भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल सप्तरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय सिरहा, समाजिक विकासमन्त्री नवलकिशोर साह धनुषा, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा महोत्तरी, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा सर्लाही र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रौतहटमा योजना हुने विरोधसभाहरूलाई सम्बोधन गर्ने छन् । राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उक्त जिम्मेवारीबारे खुलाइएको छ । संविधान दिवसको दिनमा राजपाले प्रदेश नं २ बाहिर रहेका तराइका जिल्लाहरूमा समेत विरोधसभा गर्ने भएको छ । यसकालागि पार्टीका शीर्षस्थ नेताहरूलाई जिम्मेवारीमा खटाइएको छ । यस जिम्मेवारी अन्तर्गत राजेन्द्र महतोले प्रदेश ५ को बाँके र बर्दिया, अनिलकुमार झा प्रदेश ७ को कैलाली र कञ्चनपुर, महेन्द्र राय यादव प्रदेश ५ कै नवलपरासी, रुपन्देही र कपिलवस्तु, शरतसिंह भण्डारी प्रदेश १ को झापा र राजकिशोर यादव प्रदेश १ कै मोरङ र सुनसरीमा सम्बोधन गर्ने बहेका छन् । अध्यक्ष महन्थ ठाकुरले प्रदेश नं २ को बारा र पर्सामा सम्बोधन गर्ने छन् । राजपाले वर्तमान संविधानप्रति घोषित रूपमै असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending