Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

कांग्रेस र एराप्रपाबीच एकता गर्ने सैद्धान्तिक सहमति

काठमाडाैं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र नेपाली काँग्रेस वीपीबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा दुबै पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी र हारिबोल भट्टराईले सैद्धान्तिक सहमतीपत्र सार्वजनिक गर्दै विज्ञहरुसँग छलफल गरेका छन् । सैद्धान्तिक सहमति पत्र सार्वजनिक गर्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले वर्तमान नेकपाको सरकारको अधिनायकवादी कार्यशैली र नेपाली काँग्रेसमा देखिएको सत्ता लिप्सा र आन्तरिक विचलनले जनता दिग्भ्रमित भएकाले जनतालाई न्याय दिन पार्टी एकता गरेर अँगाडी बढ्न लागेको बताए । यस्तै नेपाली काँग्रेस वीपीका अध्यक्ष हरिबोल भट्टराईले वीपीको समाजवादी दर्शन अहिले पनि सान्दर्भिक रहेको तथा नेपाल धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य हुनपर्छ भन्ने आफ्नो पार्टीको सिद्धान्तमा दुवै पाटीको विचार मिलेकाले एकता गर्न लागिएको बताए । सैद्धान्तिक सहमति पत्रमाथिको छलफल कार्यक्रममा सहभागिता जनाउँदै विज्ञहरुले बर्तमान सरकारले देशलाई निकास दिन नसक्ने भएकाले दुईपार्टी बीच एकता हुनु स्वागत योग्य भएको बताए । सात बुँदे सैद्धान्तिक आधारपत्रमा राष्ट्रको आवश्यकता पूर्ती गर्न दुई दलबीचको एकतालाई अपरिहार्य मानिएको उल्लेख गरिएको छ । वीपी कोइरालाको राजनीतिक र आर्थिक दृष्टिकोणलाई मौलिक अभियानको रुपमा लिने उल्लेख गर्दै पार्टीको जिम्मेवारी पुरा गर्न दुई पार्टी एक भएर अँगाडी बढ्ने सैद्धान्तिक पत्रमा भनिएको छ । दुई पाटी बीचको एकताले समाजिक र समावेशी आर्थिक व्यवस्था भ्रष्टाचार, अधिनायकवाद, नवसामन्तवाद र लम्पसारबादको विरुद्धमा आवज बुलन्द बनाउन सकिने पनि सैद्धान्तिक सहमति पत्रमा उल्लेख गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending