Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

अफगानिस्तानको अवस्था झनझन् किन बिग्रिँदैछ ?

अफगानिस्तानमा अमेरिका समर्थित सेनाविरुद्ध तालिबान र अरू लडाकु समूहका आक्रमणका खबरहरू प्रायः आइरहन्छन् । त्यहाँ हुने हमलामा ठूलो सङ्ख्यामा मानिसहरू मारिने गरेका खबर पनि दिनहुँजसो आउँछन् ।

त्यहाँ गतिरोध जारी छ र युद्ध सकिने कुनै सङ्केत देखिँदैन । आखिर किन त्यस्तो भइरहेको छ त  ? हेर्नुहोस् एक रिर्पोट सन् २००१ मा अमेरिकाले अफगानिस्तानमाथि हमला गर्दा त्यहाँको स्थिति अहिलेको जति खराब थिएन । १७ वर्षअघि तालिबानलाई च्युत गरिएको थियो । तर अहिले आएर अझ बढी प्रान्तहरूमाथि उनीहरूको नियन्त्रण छ । अमेरिकी इतिहासलाई हेर्दा अफगानिस्तान युद्ध उसको लागि सबैभन्दा लामो युद्ध हो । समयसँगै सङ्घर्ष चर्किएको मात्रै छैन, बरू जटिल पनि हुँदै गएको छ । आक्रमण लगातार हुने गरेका छन्, त्यो पनि ठूलो स्तरमा र त्यसमा थुप्रै मानिसले ज्यान गुमाइरहेका छन् । तालिबान लडाकु र अमेरिका तथा उत्तर एट्लान्टिक सन्धि संगठन-नेटो समर्थित अफगान सरकार दुवै पक्षले प्रदेशहरूमाथिको आफ्नो पकड जमाउने प्रयत्न गर्दै आएका छन् । काबुलदेखि दक्षिणमा पर्ने रणनीतिक महत्त्वको गजनी प्रान्तको राजधानीमा गत अगस्ट १० मा तालिबान लडाकुहरूले धावा बोलेका थिए । अफगान सुरक्षा बल र हवाई हमलासँगै लडाकुहरू पछि हट्न बाध्य भए । मे १५ मा तालिबान लडाकुहरू इरानसँगको सीमा नजिकै पर्ने पश्चिमी फराह प्रान्तको राजधानी प्रवेश गरे । सरकारी फौजको आक्रमणबाट पछाडि हट्न लडाकुहरू बाध्य भइरहँदा कैयौँ मानिस मारिए र घाइते भए । अरू शहर र जिल्लाका केन्द्रहरू पनि तालिबान लडाकुको हमलाको खतरामा रहिआएका छन् । हेलमन्द र कान्दहार प्रान्तको ठूलो हिस्सामाथि तालिबानको नियन्त्रण छ । ती क्षेत्रमा अमेरिकी, ब्रिटिश र अरू देशका सेना मारिएका दृष्टान्त पनि छन् । त्यहाँ सर्वसाधारण मारिएको आँकडा पनि सानो छैन । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा १० हजारभन्दा बढी मानिसहरू मारिए र सन् २०१८ मा त्यो सङ्ख्या अझ बढ्नसक्छ ।

अफगानिस्तानमा सङ्घर्ष चर्किनुका पाँचवटा प्रमुख कारण छन्:

१. सरकारी फौज र लडाकु दुवै पक्षले आ-आफ्नो प्रभाव र थप क्षेत्रमा नियन्त्रण बढाउन प्रयत्नशील छन् । २. सन् २००१ को अमेरिकी रणनीतिको प्रभावकारितामाथि प्रश्न उठाइएको छ । एक दशकअघि अमेरिका र अफगान सरकारले अफगानिस्तानमा १५ हजार लडाकु भएको अनुमान गरेका थिए। अहिले तिनीहरूको सङ्ख्या ६० हजार पुगिसकेको अनुमान छ । ३. अफगानिस्तानमा इस्लामिक स्टेट समूहको उदयसँगै त्यहाँ हिंसा र बर्बरता बढेको छ । पछिल्ला हिंस्रक आक्रमणहरूको सोही समूहले जिम्मेवारी लिने गरेको छ । ४. त्यसपछि वार्ताको कुराले महत्त्व पाएको हो । तर तालिबानले त्यसबाट फाइदा लिन चाहेको देखिन्छ । ५. अमेरिका र अन्य देश (पाकिस्तान, रुस र इरान) बीचको तनावले नकारात्मक असर परेको छ । अमेरिकी र अफगान सरकारले ती तीनवटै मुलुकले तालिबानलाई सघाएको आरोप लगाउने गरेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies