Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

वनमन्त्री बस्नेतलार्इ जापानको सुझावः हिमालयकाे पानी विदेशमा बेचेर पैसा कमाउनूस्

काठमाडाैं । जापानले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर अर्थउपार्जन गर्न नेपाललाई सुझाव दिएको छ । जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायीहरु सम्मिलित प्रतिनिधिमण्डलका सदस्यहरुले आइतबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग उक्त प्रस्ताव राखेका हुन् । नेपालको हिमालयमा पिउन यर्पाप्त मात्रामा पिउन योग्य पानी रहकालेत्यसको निर्यात गरेर पैसा कमाउन जापानको सुझाव छ । ‘विश्वभर अब सबैभन्दा ठूलो संकट पानीको आउँदैछ’, टोलीका सदस्य तथा पूर्वसांसद माचुदाले भने, ‘नेपालको हिमालय क्षेत्रमा पर्याप्त पानी छ, त्यसलाई विदेशमा बेचेर मनग्य पैसा कमाउन सक्नुहुन्छ ।’ जवाफमा मन्त्री बस्नेतले पानी विदेश बेच्नेबारे खानेपानी मन्त्रालयले योजना बनाएको र त्यस सम्बन्धमा सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए । त्यस क्रममा मन्त्री बस्नेतले नेपालमा बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै त्यस क्षेत्रमा जापानले प्रयोगमा ल्याएको विधि सफल भएकाले नेपालमा पनि त्यस्तै दिर्घकालिन समाधाको विधिमा जान लागिएको बताए । ‘एक ठाउँमा जम्मा भएको फोहोरलाई अन्यत्र लगेर फाल्ने तरिकाले मात्र फोहोर व्यवस्थापन दिगो नहुने हाम्रो अनुभवले देखाएको छ’, उनले भने, ‘फोहोरको पुनः प्रयोग गर्नेबारे सोचिरहेका छौं ।’ यस्तै विकास र वातावरणबीच सन्तुलन कायम गर्ने चुनौती रहेको चर्चागर्दै उनले विकासलाई दिगो बनाउन वातावरणमैत्री नीति र विधि तय गर्ने काममा सरकार लागेको औंल्याए । ‘विकास र वातावरणबीच कसरी सन्तुलन कायम गरेर अगाडि बढ्न सकिन्छ भन्नेबारेगृहकार्य गरिरहेका छौं’, उनले भने, ‘हाम्रो मन्त्रालयले त्यस विषयलाई समेटेर तयार पारेको नयाँ कानूनको मस्यौदाबारे संघीय संसदमा माननीयहरुले छलफल गरिरहनुभएको छ ।’ नेपालले वन क्षेत्रलाई आर्थिक विकासको माध्यम बनाएर कार्ययोजना बनाएको भन्दै उनले मुलुकका सातवटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहमा वनमा आधारित उद्योग स्थापना गर्न लागिएको बताए । त्यस्तो योजनाले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान गर्ने उनको भनाइ थियो । विकास र वातावरणबीच सन्तुलन कायम गराउन आफ्नोमन्त्रालयले आक्रामक रुपमा देशभर वृक्षारोपणकोकार्यक्रम सञ्चालन गर्नलागेको पनि उनले बताए । चुरे क्षेत्रमा दनी प्रणाली व्यवस्थापनमा आधारित कार्यक्रम र राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा ‘इकोटुरिज्म’ कार्यक्रमलाई विशेष महत्वका साथ अघि बढाइएको मन्त्री बस्नेतले जानकारी गराए । यस्तै उनले विश्वमा वातावरणीय प्रदूषण गराउन नेपालको भूमिका शून्य दशमलब शून्य २७ प्रतिशत रहेको भए पनि वातावरण प्रदूषण भएको मुलुकको सूचीमा नेपालको नाम अगाडि आइरहेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराइने पनि उल्लेख गरे । त्यस क्रममा उनले नेपालले जापानसँग हरित उद्यमशीलता, जलबायु परिवर्तनको अवस्थामा सुधार तथा वातावरणीय प्रदूषण कम गर्ने एजेण्डामा सहकार्य गर्न चाहेको बताए । भेटमा प्रतिनिधिमण्डलको नेतृत्व गरेका त्यहाँको डेमोक्रेटिक पार्टीका नेता यसुहिरो नाकाइले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताए । यस्तै पूर्वसांसद गो सिनोहराले वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वकै साझा समस्या भएकालेत्यस एजेण्डामा सबै मिलेर काम गर्नुपर्ने बताए । उनले नेपालको वातावरणीय सन्तुलन कायम गर्ने सन्दर्भमा जापान सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतबद्धता जनाए । विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्न टोलीको सुझाव थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending