Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

१४ वर्षीया बालिकाको बलात्कार र हत्या रहस्यमै

महोत्तरी । सोनमा गाउँपालिका– ८ सिंग्हासिनीकी १४ वर्षीया कविताकुमारी यादवको बलात्कार र हत्या भएको २३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका पाँचैजनालाई जिल्ला अदालतले सफाइ दिएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - सिंग्हासिनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी कविता १२ भदौदेखि हराएकी थिइन् । उनको शव १४ भदौमा गाउँकै रामजानकी कुटीस्थित इनारमा भेटिएको थियो । सो दिन नै प्रहरीले सो ठाउँका रामजीवन राउत कुर्मीलाई पक्राउ गरेको थियो । स्थानीयले कवितालाई उनी हराएकै दिन रामजीवनसँग उखुबारीमा देखेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । कविताका बाबु रामएकवालले रामजीवनले नै हत्या गरेको किटानी जाहेरीसमेत दिएका थिए । रामजीवन पुर्पक्षका लागि थुनामा थिए । पक्राउ परेका अन्य चारजनालाई भने प्रहरीले प्रत्येकसँग एक लाख धरौटी लिएर छाडेको थियो । तर, पाँचै अभियुक्तले सफाइ पाएका जिल्ला अदालतका निमित्त स्रेस्तेदार महेन्द्र झाले बताए । कविताको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले अदालतमा पनि अपहरण, बलात्कार र हत्याको मुद्दा चलाएको थियो । अभियुक्तहरूले सफाइ पाएपछि पीडित परिवारले भने असन्तुष्टि जनाएका छन् । बाबु रामएकवालले आफूहरूले न्यायको अनुभूति गर्न नपाएको बताए । उनले भने, ‘प्रहरी र अदालत दुवैले हामीलाई भरोसा हुने गरी न्याय दिनुपर्छ, हत्यारालाई कारबाही हुनुपर्छ ।’ सजायभन्दा सफाइ पाउने बढी गत आर्थिक वर्षमा जिल्ला अदालत महोत्तरीले जबर्जस्ती करणीको चार मुद्दा फैसला गरेको थियो । तीन मुद्दामा अभियुक्तले सफाइ पाए । जिल्ला अदालतमा अझै बलात्कारका १७ मुद्दा विचाराधीन छन् । गत आर्थिक वर्षमा नै जबर्जस्ती करणी उद्योगका पाँच मुद्दा फस्र्र्योट भए । सात मुद्दा अझै विचाराधीन छन् । अधिकांश मुद्दामा यथेष्ट सबुत प्रमाण नहुँदा अभियुक्तहरूले सफाइ पाइरहेको जिल्ला न्यायाधिवक्ता सुदीप दंगालको भनाइ छ । सबै अभियुक्तले पाए सफाइ प्रहरीले हत्या अभियोगमा पाँचजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । मुद्दा चलाइएका रामजीवन राउत कुर्मी, गौरीशंकर राउत कुर्मी, दशरथ राउत कुर्मी, राम श्रेष्ठ महतो र नवीनकुमार महतोले सफाइ पाएका हुन् । रामजीवन, गौरीशंकर र दशरथ दाजुभाइ हुन् भने राम र नवीन बाबुछोरा हुन् । प्रहरीले रामजीवनलाई शव भेटिएकै दिन नियन्त्रणमा लिएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy