Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ओली र प्रचण्डको एक स्वरः कोइरालाको नेतृत्व मान्दैनौं

काठमाडौं, आफ्नै नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरूप दिन प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रस्तावलाई सत्ता साझेदार एमाले र प्रमुख प्रतिपक्षी दलले अस्वीकार गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–प्रमुख प्रतिपक्षी दल एमाओवादीले एमाले अध्यक्ष केपी ओलीलाई भाबी प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री सुशील कोइरालासमेत सहभागी उच्च तहको राजनीतिक वार्ताका क्रममा प्रस्ताव गरिसकेको छ। वार्ताका क्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला, कानुनमन्त्री नरहरि आचार्य र बनमन्त्री महेश आचार्य, एमाले अध्यक्ष ओली, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्रीसमेत रहेका उपाध्यक्ष वामदेव गौतम, एमाओवादी अध्यक्ष प्रचण्ड नेता बाबुराम भट्टराई सहभागी छन्। संविधानका अन्तरवस्तुमा सहमति, विनासकारी भूकम्पले निम्त्याएको विपत्ति सामना गर्ने राहत प्याकेज र संयुक्त सरकारलाई सँगसँगै टुंग्याउने गरी राजनीतिक दलका नेताहरूको बीचमा भएको वार्ताका क्रममा प्रचण्डले ओलीको प्रस्ताव गरेका हुन्। प्रधानमन्त्रीले राष्ट्रिय सरकारको नेतृत्व नछाड्ने जानकारी दिएपछि एमाले र एमाओवादीको शीर्ष तहमा कांग्रेस प्रतिपक्षमा बस्न सक्ने अवस्था आए कसरी अघि बढ्ने भन्नेबारेमा समेत छलफल भएको छ। उच्च राजनीतिक छलफलमा सहभागी प्रचण्डका अनुसार संविधानसभाबाट संविधान निर्माण गर्न अन्तरवस्तुमा सहमति गरी भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापना प्याकेज कार्यान्वयनमा लैजान राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्छ। ‘अहिले मुलुकमा राष्ट्रिय एकता र संक ल्पको खाँचो छ। संविधान घोषणा गर्ने सुनिश्चितता तथा पुनर्निर्माण र पुनस्र्थापनाको प्याकेजमा सहमति हुँदा राष्ट्रिय सरकार पनि सँगै जोडिएर आउने विषय हो’ दाहालले धुलिखेलमा पत्रकारहरूको जिज्ञासा मेटाउँदै भने, ‘छिटोछिटो संविधानमा सहमति होस्। पुनर्निर्माण र पुनस्र्थापनाको प्याकेजको प्रस्ट नीति, योजना र कार्यक्रम बनोस्। त्यसो हुँदा हामी सरकारमा सहभागी हुन नकारात्मक हुँदैनौं।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending