Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

एसएसपीलाई गोली हान्‍नेलाई माफी

काठमाडौं, गणतन्त्र दिवसका अवसरमा सरकारले माफी दिन सिफारिस गरेकाको सूचीमा तत्कालीन एसएसपी रणबहादुर चन्दलाई गोली हान्ने उनका अंगरक्षक करणसिंह साउद पनि परेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–चन्द महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख हुँदा उनलाई साउदले घरमै गोली प्रहार गरी ज्यान लिने प्रयास गरेका थिए। काठमाडौं जिल्ला अदालतले २०६८ चैत २१ गते साउदविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्षको कैद सजाय सुनाएको थियो। गृह मन्त्रालयले धेरैजसो चोरी, डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, नकवजनी, चोरी र सवारी ज्यान मुद्दाका कैदीलाई बाँकी सजाय माफी दिन सिफारिस गरेको छ। सिफारिसमा परेका सूचीमा परिवर्तित नाम राखेर पनि पठाइएको छ। प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादव वादी रहेको कर्तव्य ज्यान मुद्दाका कैदीको नाम बारा ठेगाना उल्लेख गरेर आरे र एमएमके उल्लेख गरिएको छ। माफी पाउनेमा चारजना भारतीय नागरिक पनि परेका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले ७० वर्ष उमेर काटेका र तोकिएको सजायको ५० प्रतिशत भुक्तान गरिसकेका पाँच सय ४१ जनालाई बाँकी कैद अवधि मिनाहा गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले बलात्कारपछि हत्या गरिएकी ६ वर्षीया बालिका पूजा साहको परिवारलाई राहतस्वरूप ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । भूकम्पपछि ध्वस्त संरचना निर्माणमा सहयोग जुटाउन असार १० गते दाता सम्मेलन गर्ने निर्णय गर्दै अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा तयारी समिति गठन गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending