Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अर्बपति विनोध चौधरी परिवारमा सुटुक्क विहे

काठमाडौं,चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं युवा उद्यमी निर्वाण चौधरीले आफ्नी प्रेमिका अश्रयता कार्कीसँग सुटुक्क विवाह गरेका छन्  गत १४ अर्थात् वैशाख ३१ गते धर्मगु श्री विशंकरको आशीर्वाद ग्रहण गर्दै उनीहरु वैवाहीक सम्बन्धमा बाँधिएको बताइन्छ । आजको साप्ताहिकमा खबर छ– भारतको बैंग्लोरस्थित श्री रविशंकरको ‘द आर्ट अफ लिभिङ’ आश्रममा दुवै परिवारका सिमित सदस्यको उपस्गिथतिमा उक्त विवाह सम्पन्न भएको बताइन्छ । निर्वाणले यसअघि गरेको विवाहा सफल हुन सकेको थिएन । सन २००७ मा निर्वाणको पहिलो विवाह  भारतीय युवती स्वस्ति मित्तलका साथ भएको थियो तर दाम्पत्य जीवन सुखद् हुन नसकेपछि उनीहरुले छुट्टिने निर्णय गरेका थिए । पछिल्लो समय निर्वाण र आश्रयताबीच प्रेम सम्बन्ध भए पनि उनीहरु कहिले विवाह गर्छन् भन्ने प्रष्ट थिएन । चौधरी परिवारले यो विवाहलाई भरसक गोप्य राख्न चाहेको देखिन्छ ।  व्यक्तिगत  प्रसंग भएकाले पनि यो कुरा बाहिर नआओस् भन्ने चहाना रहेको निकट परवारिक स्रोत बताउछ ।  यसै कारण विवाह भएको दुई सातापछि मात्रै यो खबर खुलासा भएको हो । एक अर्कालाई मन पराएर विवाह गरेकाले  निर्माण र आश्रयताको जोडी खेसी देखिन्छ ।  दुवैको परिवार पनि यो सम्बन्ध गाँसिएकोमा खुसी भएको स्रोतले बताएको छ ।  विवाहमा सारिक भएका दुवै परिवारका एक दर्जन सदस्य सोसियल नेटवर्कमा छन्, तर कसैले पनि विवाह बारे जानकारी र तस्बिर राखेका छैनन् । दुवै परिवारले यो विवाहलाई गोप्य राख्न चाहेको यसबाट पनि पुष्टि हुन्छ । फोब्र्स अर्बपतिका रुपमा सुचीकृत एक मात्र नेपाली व्यावसायी विनोद चौधरीका ज्येष्ठ  सुपुत्र हुन् निर्वाण ।  निर्वाणका माइला भाइ राहुलको विवाह केह िसमय अघि भारतमै राजसी ठाँटका साथ सम्पन्न भएको थियो । मनपराएकी युवतिसँग विवाह गर्ने निर्वाणको चहानालाई बुझेर पिता विनोद उनीहरुको वैवाहिक सम्बन्धको चाँजो मिलाउन केहि समय अघि नै बैंल्लोस गएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending