Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

मोहर्रममा हिन्दू समुदायको पनि उत्साह

नेपालगञ्ज । मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू समुदायको पनि उत्साह देखिन थालेको छ । घरघरमा राखेको ताजियालाई विसर्जन गर्न नेपालगञ्जमा निकालिएको बाजागाजासहितको मुस्लिम समुदायको जुलुसमा हिन्दूसमेत रमाएका थिए । केही वर्षयता उक्त पर्वप्रति हिन्दू धर्मावलम्बीको समेत श्रद्धा र साथ बढ्दै गएकोे हो । ताजिया विसर्जनका अवसरमा हुने विभिन्न कला, खेललगायत गतिविधिले हिन्दू समुदाय पनि रमाउँदै सहभागी हुने गरेको नरैनापुर गाउँपालिकाका प्रल्हाद विश्वकर्माले बताउनुभयो । हिन्दू–मुस्लिम समुदायमा भाइचारा र सद्भावको प्रतीकका रुपमा यो पर्वलाई मनाइने गरेको उल्लेख गर्दै उनले भने, “धार्मिक आस्था जे भए पनि भगवान् सबैका एउटै हुन् भन्ने मान्यता पनि हो । भाकल पूरा हुने भएपछि केही हिन्दू परिवारले पनि ताजिया राख्ने गरेका छन् ।” आफ्ना हरेक पूरा हुने धार्मिक विश्वासका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै आएकामा हिन्दू समुदायले पनि यसलाई निरन्तरता दिन थालेकोे हुनसक्ने स्थानीय अग्रज सञ्चारकर्मी नरेन्द्र थापाको भनाइ थियो । मोहर्रमका लागि घरमा ताजिया राख्ने गरिन्छ सामान्यतया रु ३० देखि १० हजारसम्मको ताजिया किनबेच ‘हदिया’ हुने मुस्लिम अगुवा शकील अहमद कादरीले बताए । घरघरमा राखिएका ताजिया विसर्जनका क्रममा ढोलकसहित नेपालगञ्जका चोकचोकमा प्रदर्शन गरिएको थियो । प्रदर्शन हेर्न अन्य समुदायका सर्वसाधारणसमेत उत्साहका साथ सहभागी भएका थिए । इस्लामिक पहिलो महीनाको चन्द्रमासको ९ तारिकको साँझ ताजिया स्थापना गर्ने र भोलिपल्ट दिउँसो बाजागाजाका साथ स्थानीय कर्वलामा लगेर विसर्जन गर्ने चलन रहेको उहाँको भनाइ छ । ताजिया सेलाउँदा उनीहरुले आफ्नो शरीरमा ब्लेडले चिर्ने जन्जिरले हान्ने समेत गरिन्छ । मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मदका नाति इमाम हुसैनको सम्झनामा ताजिया राख्ने गरिन्छ । इस्लामी संवत् १४४० हिजरीको पहिलो महीना मोहरमको ९ तारिख अर्थात् बिहीबार मुस्लिम समुदायले आ–आफ्नो घरमा स्थापना गरेको ताजिया शुक्रबार नेपालगञ्जको फुल्टेक्रमा रहेको कर्वलमा पु¥याएर विसर्जन गरेका थिए । हिजरीको पहिलो महीना मोहर्रमको १० तारिखका दिन धर्मगुरु हुसैनले इस्लाम धर्म बचाउने क्रममा इराकको बगदादस्थित कर्बलामा सहादत प्राप्त गरेको सम्झनामा हरेक इस्लाम धर्मावलम्बीले आआफ्नो घरमा ताजिया राखेर सम्झिने गरिएको उनको भनाइ थियो । आजभन्दा १४ सय वर्ष पहिले हुसैनसँगै परिवारका ७२ जना सदस्य शहीद भएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy