Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मृतकका परिवार तथा आफन्तद्वारा यातायात बन्द

रोल्पा, यहाँ बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएकाका परिवार तथा आफन्तले आज बिहानैदेखि यातायात सेवा ठप्प पारेका छन् ।

चालक र सहचालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले विभिन्न माग राख्दै जिल्ला बाहिरिने र जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यातायातका साधन सञ्चालनमा रोक लगाएका हुन् । जिल्लाभित्र र बाहिरका कुनै पनि सवारी साधन नचलेपछि यात्रु भने मर्कामा परेका छन् ।

चालक र सहचालकलाई कडा कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्नेलगायत माग राख्दै मृतकका आफन्त शवसमेत नबुझेर आन्दोलित भएका हुन् ।

राजनीतिक दल, पीडित पक्ष र यातायात व्यवसायीबीच अहिले जिल्ला प्रहरी कार्यालयमा वार्ता भइरहेको छ । माग पूरा नभएसम्म यातायात सञ्चालन हुन नदिने र शव पनि नबुझ्ने मृतक दलबहादुरका आफन्त सुन्दरकुमार वलीले बताउनुभयो । बिहीबार पनि जलजला यातायात समिति र पीडित पक्षबीच वार्ता भएको तर वार्ता बिनानिष्कर्ष टुङ्गिएकाले आज बिहानैदेखि यातायात सञ्चालनमा रोक लगाई बिहानैदेखि वार्ता सुरु भएको हो ।

बिहीबार दिउँसो सदरमुकामबाट घर्तीगाउँका लागि छुटेको लु१ज १३९२ नंकोे जिप जिल्लाको कोटगाउँ– १ माडिचौरस्थित नर्सरी भन्ने ठाउँमा सडकबाट करिब ५५ मि तल खस्दा जिपमा सवार इरिवाङ– ७ सर्पलोटेका ४२ वर्षीय दलबहादुर डाँगी र इरिवाङ– ८ की २६ वर्षीया विष्णु वादीको ज्यान गएको थियो ।

डाँगी बालशिक्षा निमावि थुनिकोट इरिबाङका प्रअ थिए । यस्तै दुर्घटनामा गम्भीर घाइते १९ वर्षीय सहचालक सन्तोष बुढासहित छ जनालाई जिल्ला बाहिर पठाइएको प्रहरीले बताएको छ । अन्य घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending