Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भूकम्पबाट पचास प्रतिशत व्यापार घाटा

मोरङ, भूकम्पका कारण सुनसरी–मोरङ औद्योगिक क्षेत्रको उत्पादन कटौती भएपछि ५० प्रतिशत व्यापार घाटा भएको छ ।

यहाँको औद्योगिक क्षेत्रको मुख्य बजार काठमाडौँ हो । भूकम्पले राजधानी अस्तव्यस्त बनेपछि माग स्वात्तै घटेको छ । भूकम्पका कारण मानिस घर छोडेर विस्थापित हुनुपरेका कारण व्यवसाय चल्न नसक्दा माग घटेपछि व्यापार घटेको हो । यहाँको औद्योगिक उत्पादन राजधानीमा ५० प्रतिशत जाने गरेको थियो । \'भूकम्पपछि माग घट्दा व्यापार हुन सकेको छैन\', उद्योग सङ्गठन मोरङका अध्यक्ष शिवशङ्कर अग्रवालले भने ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा दैनिक लगभग रु १५ करोडको व्यापार हुने गरेको छ । भूकम्पका कारण व्यापार १५ दिनजति पूर्णरुपमा ठप्प नै भयो । साना ठूला व्यापारीका घर भत्केका छन् । उनीहरू तुरुन्तै व्यापारमा फर्किने सम्भावना देखिँदैन । \'पुँजी बढाएर बजार निरन्तरता दिन व्यापारी एक्लैलेमात्र सम्भव छैन, सरकारले हेर्नुपर्ने हुन्छ\' अध्यक्ष अग्रवालले भने ।

काठमाडौँबाहेक सिन्धुपाल्चोक, धादिङ, दोलखालगायतका जिल्लामा सानो तथा ठूलो व्यापार गर्ने व्यापारीसँग औद्योगिक क्षेत्रको सम्बन्ध टुटेको छ । आर्थिक क्षेत्रमा भएको क्षतिबारे सरकारी निकायले खोज अनुसन्धान गरेको छैन । वस्तु आयात निर्यात अस्वभाविक तरिकाले घटेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार भूकम्पका कारण वैशाख महिनामा राजस्व लक्ष्य पूरा गर्न सकिएन ।

\'रु एक अर्ब ६० करोड राजस्व सङ्कलनको लक्ष्य लिइएको थियो, रु एक अर्ब २१ करोडमात्र असुली भएको छ\' उनले भने । रु ३९ करोड राजस्व असुली प्रभावित भएको छ । गत वैशाखमा रु आठ करोडको राहत सामग्री भित्रिएको थियो । जेठ महिनाको १३ गतेसम्म एक करोड ६८ लाख मूल्यबराबरको भन्सार छुटका सामान नेपाल भित्रिएको छ । त्रिपाल, कम्बल, औषधि, चामल, टेन्ट, जीवनजल, माक्सलगायतका सामग्री भन्सार छुटमा नेपाल भित्रिएका थिए । जेठ १३ गतेसम्म रु ६५ करोड राजस्व सङ्कलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending