Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

६ महिनामा ७ पटक विद्यालय बन्द

काठमाडाैं । यो वर्ष सातौंपटक विद्यालय बन्द भयो । दुई दिन सरकार र बाँकी दिन नेकपा विप्लव र राहत शिक्षकले विद्यालय बन्द गरेका थिए । बन्दको कारण अधिकांश शिक्षालयको पढाइ चौपट भयो । अाजकाे नेपाल समाचारपत्र दैनिकमा याे खबर छ - नेकपा विप्लबले हिजो आइतबार उपत्यका बन्द गर्दा लाखौं विद्यार्थीको पठनपाठनमा असर प¥यो । उपत्यका बन्दको प्रभाव अन्य क्षेत्रमा नपरे पनि उपत्यकाका शिक्षण संस्थामा त्यसको प्रत्यक्ष असर परेको छ । सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको ९ वर्ष पुग्दा समेत विद्यालय बन्द रोकिएको छैन । मन्त्रिपरिषद्को बैठकले २०६८ साल जेठ ११ गते विद्यालयलाई शान्तिक्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । त्यसको ६ दिनपछि अर्थात् जेठ १६ गते नेपाल शैक्षिक गणतान्त्रिक मञ्चले शिक्षण संस्था बन्दको आह्वान गरेको थियो । विभिन्न संगठनले पटकपटक विद्यालय बन्द गर्दा समेत सरकारले कुनै पहल गरेको छैन । सरकार बन्द विद्यालय खुलाउने विषयमा मूकदर्शक बन्ने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठप्रसाद अर्यालले विद्यालय बन्द गर्न नहुने तर्क गर्नुभयो । तर बन्द विद्यालय खुलाउन सरकारले के पहल गरेको छ त भन्दा उहाँले केही उत्तर दिनुभएन । भन्नुभयो– ‘बन्द गर्नु हुँदैन सरकारले घोषणा गरेको विद्यालय शान्तिक्षेत्रलाई सबैले पालना गर्नुपर्छ ।’ अचानक उपत्यका बन्द भएपछि आइतबार बिहानै विद्यालय पुगेका विद्यार्थी विद्यालयको गेटबाट फर्किएका थिए । ‘बन्द सधैंका लागि बन्द गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो, तर सरकारले यो विषयमा केही सोचेन’ –प्याब्सनका वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले भन्नुभयो । बन्दको मारमा सधंै विद्यालय मात्रै पर्ने गरेका छन् । यो विषयमा सरोकारवालाले गम्भीर भएर सोच्नुपर्ने उहाँको भनाइ थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy