Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

संविधान विराेधी स्टाटस सेयर गर्दा राय अवकाश

धनुषा । सामाजिक सञ्जाल फेसबुकमा कालो दिवस मनाएको समाचार सेयर गरेकै कारण जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ । जिल्ला अदालतले रायलाई फेसबुकमा संविधानविरोधी गतिविधि सेयर गरेकै कारण जागिरबाट हटाएको हो । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - संविधानविरोधी समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका कारण करारमा कार्यरत उनलाई हटाइएको अदालतले दाबी गरेको छ । संविधान दिवसका दिन संविधानविरोधी समाचार फेसबुकमा सेयर गरेको भोलिपल्ट किन सेयर गरेको भनेर स्रेस्तेदारले मौखिक स्पष्टीकरण सोधेको रायले बताइन् । ‘न्यायालयमा उच्च मनोबलका साथ न्याय खोज्न आउँछन् तर मलाई न्यायालयबाटै अन्याय भयो’, आइतबार जनकपुरमा पत्रकार सम्मेलन गरी उनले भनिन्, ‘न्यायालयले नै अन्याय गरेपछि म कहाँ जाऊँ ?’ जिल्ला अदालत धनुषाका स्रेस्तेदार राधाकृष्ण झाले गुञ्जा राय करारको कर्मचारी भएको र काम सन्तोषजनक नभएकाले म्याद थप नगरिएको बताए । महोत्तरीे पिपरा गाउँपालिका–४ स्थायी घर भएकी उनले आफ्नो अभिव्यक्ति दिने स्वतन्त्रता र मौलिक अधिकार तथा नागरिक स्वन्त्रता हनन भएको दाबी गरिन् । जिल्ला अदालतले समाचारको लिंक सेयर गर्दा जागिरबाट निकालेर अन्याय गरेको उनको आरोप छ । २०७३ पुस १७ गतेदेखि जिल्ला अदालतको खरिदार (डिट्ठा) पदमा कार्यरत रायले असोज ३ गते मधेसमा ब्ल्याक आउट, प्रदेश २ का मुख्यमन्त्री संविधान दिवसमा सहभागी नभएको तथा सीके राउतसम्बन्धी समाचार सामाजिक सञ्जालमा साभार गरेकी थिइन् । रायलाई ४ गते जिल्ला अदालतका स्रेस्तेदार राधाकृष्ण झाले संविधानविरोधी पोस्टरहरू सेयर किन गरेको भनी स्पष्टीकरण सोधेका थिए । भोलिपल्ट कार्यालय पुग्दा करार म्याद सकिएको पत्र दिएर रायलाई अदालतबाट फर्काइएको बताइन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy