Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

शेष घलेका प्रतिस्पर्धी करोडपती यस्ता छन्

काठमाडौं, गैर आवसीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाको २०० धनीहरुको सुचीको १०० भित्र पर्न सफल भएका छन् । घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित अष्ट्रेलियाको धनाढ्य सूचीको ९९ औँ स्थानमा परेका हुन् । गत वर्ष ३३ करोड ५० लाख डलर सम्पत्तिसहित १५० औँ स्थानमा रहेका घले एकैपटक ५१ औं स्थान माथि उक्लन सफल भएका हुन् । सन् १९९० ताका बिजनेस अध्ययनको सिलसिलामा अष्ट्रेलिया हानिएका घले अहिले अष्ट्रेलियामा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) नामक कम्पनी सञ्चालन गर्दै आएका छन् ।  उनी एमआइटीका संस्थापक अध्यक्ष हुन् भने उनकी श्रीमती जमुना गुरुङले बिजनेस र मार्केटिक सम्हाल्दै आएकी छिन् । घले दम्पत्तीले सन् २०१० मा डेढ करोड डलरमा आर्गस भवन खरिद गरि ५ करोड डलर लगानी गरेर त्यसको स्तरोन्नती गरे । यो जोडीले फ्लागस्टाफ गार्डेन क्षेत्र नजिकै दुई सय कोठाको ब्याङ्क्वेट होटल, पाँच सय अपार्टमेन्ट बनाउने योजना बनाएको छ । नेपालमा पनि यी दम्पत्तीले ८ अर्ब लगानी गर्दै सेराटन होटलको निर्माण गर्दैछ । बिजनेस रिभ्यु विक्लिले शुक्रबार सार्वजनिक गरेको दुई सय व्यक्तिको सूचीमा घलेसँग प्रतिस्पर्धा गर्ने अन्य करोडपती कस्ता छन् त हेरौँ । \"97\"मिक पावर प्रबन्ध निर्देशक, बिएमडी ग्रुप कन्स्ट्रक्सन गत वर्ष ५६ करोड ५० लाखसहित अष्ट्रेलियाको धनाढ्य सूचीको ८४ औं स्थानमा रहेका मिक पावर यसवर्ष १३ स्थान तल झरी ९७ औँ स्थानमा आइपुगेका छन् । उनको यसवर्षका सम्पत्ती ५३ करोड १० लाख रहेको छ । सन् १९७९ मा स्थापना गरिएको इन्जिनियरिङ र निर्माण व्यावसाय बिएमडीका मालिक मिक पावरले लेइन्टेन कन्ट्र्याक्टरमा इन्जिनियरिङ क्याडेटको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । बिएमडीले सन् २०१२ मा पहिलो पटक वार्षीक एक करोड डलरको कारोबार गरेको थियो भने अहिले उक्त कम्पनीमा १,२०० भन्दा बढि कर्मचारी कार्यरत छन् । बिएमडी भित्र पनि विभिन्न समूह छन् जसमा बिएमडी अर्बन नेशनल एण्ड सिभिल बिल्डिङ कन्स्ट्रक्टर, बिएमडी कन्सल्टिङ, लयाण्डस्केपर जेम्याक कन्स्ट्रक्सन एण्ड अरबेक्स रहेका छन् । अरबेक्सको १ करोड २० लाखका प्रोजेक्टहरु निर्माणाधीन छन् । बिमडी लेन्ड लिज र हान्सेन युन्चकेनपछि तेस्रो ठूलो अष्ट्रेलियन निर्माण कम्पनी हो । \"98\"ग्रेग कोफे लगानीकर्ता बित्तिय संस्थाहरु गत वर्ष ५३ करोड ५० लाख डलरसहित धनाढ्यको सूचीमा ८७ औँ स्थानमा रहेका भएका ग्रेग कोफे  यसवर्ष ५३ करोड १० लाख डलरसहित ९८ औँ स्थानमा झरेका छन् । कुनै बेला ‘हेज फन्ड स्टार’ को रुपमा चर्चित कोफे सन् २०१२ मा सन्यास लिएपछि चर्चाको दुनियाँबाट टाढै छन् । एक कम्पनीले काम दिन अस्विकार गरेपछि उनले सन् २००३ मा जिएलजी पार्टनरमा आफूलाई अनुबन्धित गरे । उनको जिएलजी फन्डले छोटो समयमा नै सफलता हासिल गर्यो । मोर क्यापिटलमा लगभग चार वर्ष काम गरिसकेपछि उनले त्यसबाट पनि हात धोएका छन् । \"101\"नावोमी मिल्ग्रोम प्रबन्ध निर्देशक, सुसन नावोमी मिल्ग्रोम ५२ करोड ६० लाखसँगै धनाढ्यको सूचीको १०१ औँ सूचीमा परेकी छिन् । मेलबर्नमा बस्ने उनको गतवर्ष ५२ करोडको सम्पत्ति रहेको थियो । यसवर्ष उनले आफ्नो कूल सम्पत्तिमा ६० करोड थप गर्न त सफल भइन् तर गतवर्ष ८९ औं स्थानमा रहेकी उनी यसवर्ष एकैपटक १२ औं स्थान तल झरेकी छिन् । उनको सेयर एसवर्ष म्यागलेन फाइनान्सियल ग्रुपमा  दर्ता हुने बित्तिकै उनकाे  सम्पत्तिमा उकालो लागेको छ । यद्यपी उनको रिटेल बिजनेस सुसन ग्रुपले भने थोरै घाटा व्यवहोरेको छ । महिलाको फेसनसँग सम्बन्धित उनको कम्पनीमा सुसन, सुजो ग्रेइ र स्पोर्टस्गर्ल चेन रहेका छन् । सन् १०१४ मा यस कम्पनीले ३० करोडदेखि ३५ करोडको घाटा व्यवहोरेको  थियो । मिल्ग्रोम सन् १९९८ मा सुसनको प्रबन्ध निर्देशक भएकी थिइन् । उनकी हजुरआमा फाये ग्यान्डेलले  सन् १९३९ मा यो व्यवसाय सुरु गरेकी हुन्, त्यसपछि उनले यो व्यवसाय आफ्नो छोरा जोन ग्यान्डेललाई हस्तान्तर गरिन् । जोनले पनि त्यो व्यवसाय आफ्ना ज्वाइँ मार्क बेसेन (मिल्ग्रोमका बुवा) लाई सुम्पिए । \"102\"यासिर साहिन र परिवार कार्यकारी निर्देशक, पेरेग्रिन कर्पोरेसन अष्ट्रेलियाको एडेलेडमा बस्ने यासिर ५२ करोड २० लाख डलर सँगै अष्ट्रेलियाको धनाढ्यको सूचीमा १०२ औँ स्थानमा रहन सफल भएका छन् । गत वर्ष उनी ४५ करोड ५० लाख डलर सम्पत्तिसहित यथास्थानमा नै थिए । साहिनको परिवारको पेरेग्रिन कर्पोरेसनले एडेलेडमा अवस्थित उडभिल पार्कमा सन् १९८४ बाट सिंगल सर्भिस स्टेसनबाट सुरुवात गरेको थियो । बिस्तारै यो स्टोर बिजनेसको रुपमा विकसित हुँदै जाँदा आजसम्म अष्ट्रेलियाभरी यसको १६० आउटलेट रहेका छन् । यासेरका दिवंगत पिता फाथीले लेबननबाट अष्ट्रेलियामा बसाइँ सरेपछि यो व्यवसाय सुरु गरेका थिए ।  उनका छोराहरु खालिल (चार्ली) र समिर (स्याम) पनि यहि व्यवसायमा छन् ।  साहिन परिवारले छिट्टै नै टाइलेम बेन्डमा मोटर रेसिङ कम्प्लेक्स निर्माण गर्ने योजना बनाएको छ । उक्त कम्प्लेसक्स ड्र्याग स्ट्रिपबाट सुरु हुनेछ भने यसमा दुई किलोमिटर रनवे भएको एयरपोर्ट, सय कोठे होटल, क्याराभान पार्क र कार रेसिङ सर्किट रहने बताइएको छ । यसैबिच, अष्ट्रेलियाको सबैभन्दा धनी व्यक्तिमा जिना राइहार्ट पर्न सफल भएकी छिन् । पर्थमा बस्ने उनको यसवर्षको सम्पत्तिमा करिब ६ अर्ब घटेपनि उनले यथास्थान ओगट्न सफल भएकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies