माल्दिभ्समा भएको राष्ट्रपतीय निर्वाचनअन्तर्गतको मतदान पूर्वानुमान गरिएभन्दा तीन घण्टा लम्बिन पुगेको छ।
स्थानीय समयअनुसार बिहान ८ बजे मतदान सुरु भएको थियो। अधिकारीहरूले मत खसाल्नेहरूको लामो लाइनका कारण मतदानको समय थप्नुपरेको बताएका छन्। पूर्ण मतपरिणाम घोषणा हुन एक सातासम्म लाग्नसक्ने बताइएको छ। चीनसँगको सम्बन्धलाई प्राथमिकता दिँदै आएका राष्ट्रपति अब्दुल्लाह यामीनमाथि मानव अधिकार हनन तथा आफ्ना धेरैजसो प्रतिद्वन्द्वीहरूलाई थुनामा राखेको आरोपहरू लागेपनि उनले दोस्रो पटक राष्ट्रपतिमा चुनिने आशा उनले गरिरहेका छन्। [caption id=\"attachment_207706\" align=\"alignleft\" width=\"850\"] अधिकारकर्मीहरूले राष्ट्रपति यामिनको सरकारमाथि धाँधली गर्न खोजेको आरोप लगाएका छन् [/caption] मुख्यालयमा छापा राष्ट्रपतीय निर्वाचनका अर्का उम्मेद्वार भारतनिकट रहेका भनिएका इब्राहिम मोहम्मद हुन्। हिन्द महासागरमा रहेको टापुराष्ट्र माल्दिभ्समा आफ्नो प्रभाव जमाउन खोजिरहेका क्षेत्रीय प्रतिद्वन्द्वीहरू भारत तथा चीनले मतदान प्रक्रियालाई नजिकबाट नियालिरहेका छन्। युरोपेली सङ्घ तथा अमेरिकाले मतदान स्वतन्त्र तथा निष्पक्ष नभए माल्दिभ्सविरुद्ध प्रतिबन्धहरू लगाउने धम्की दिएका छन्। मतदानको पूर्वसन्ध्यामा विपक्षी दलको मुख्यालयमा प्रहरीले छापा मारेको थियो। गत फेब्रुअरीमा सर्वोच्च अदालतले विपक्षी दलका ९ जना राजनीतिक आस्थाका बन्दीहरुलाई हिरासतमुक्त गर्न सरकारलाई आदेश दिएको थियो।चीनसँगको नाता
जसमा निर्वासनमा रहेका पूर्व राष्ट्रपति मोहम्मद नासिद पनि थिए जो सन् २०१२ मा सत्ताच्यूत गरिएका थिए। तर त्यसपछि राष्ट्रपति यामिनले संकटकाल घोषणा गर्दै दुईजना न्यायाधीशहरूलाई पक्राउ गर्न आदेश दिएका थिए। जसलाई अदालतले उल्टाएको थियो। १ हजार १ सय ९२ वटा टापुहरूले बनेको माल्दिभ्सको मुख्य अर्थतन्त्रको स्रोत पर्यटन हो। ४ लाख भन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त देशमा अन्य मुलुकबाटभन्दा अहिले चीनबाट धेरै पर्यटक भ्रमणमा जाने गर्छन्। राष्ट्रपति यामिनको कार्यकालमा मालदिभ्सले चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्नुका साथै प्रमुख परियोजनामा चिनियाँ लगानीको स्वागत गरेको छ। विश्लेषकहरूका अनुसार बेइजिङलाई आफ्नो स्वार्थमा धक्का पुग्नसक्ने गरी त्यहाँ सरकार परिवर्तन हुने चिन्ता छ भने आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वीसँग राष्ट्रपति यामिनको न्यायो सम्बन्धप्रति भारतको चासो देखिन्छ। बीबीसी
प्रतिकृया लेख्नुहोस्: