Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

छिमेकी नै पापी भएपछि...

काठमाडाैं । चन्द्रपुर ६ पुरानो बजारबाट ठोकरटोल जाने बाटो नजिक दास परिवारको सानो झुपडी छ । त्यही झुपडीमा दासका जेठी छोरी १८ वर्षीया सम्झना र १५ वर्षीया सुस्मिता बस्थे । पूर्वपट्टिको कोठामा दुवै दिदीबहिनी र पश्चिमपट्टि सानी आमा पर्मशिला सुत्थिन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - भदौ २६ गते राति। दास परिवारले गुरु जत्तिकै मान्ने छिमेकी ५० वर्षीय रामबाबु पासवानले क्रूरता देखाए। खाटमुनि लुकेका पासवानले राति दास दिदीबहिनीमाथि एसिड बर्साए। गम्भीर घाइते सम्झनाको आइतबार राति निधन भयो। ‘असल छिमेकी भन्ने लागेको थियो,’ सम्झनाका बुवा जादोलालले भने, ‘घटना हेर्दा त उसले गरेको हर्कत कहिल्यै माफ गर्न सकिँदैन। छिमेकी पापी भएपछि कसको के लाग्छ र?’ जादोलाल गरिब परिवारका हुन्। उनको एकधुर पनि जमिन छैन। २० वर्षअघि चन्द्रनिगाहपुर बजारस्थित सिनेमा हलमा काम गर्दा जादो र धनमाया मोक्तानबीच प्रेम बसेको थियो। त्यसपछि विवाह भयो। धनमायाबाट २ छोरी र एक छोराको जन्म भयो। तीन महिनाअघि जादोलाल र धनमायाबीच सम्बन्ध विच्छेद भयो। धनमाया रोजगारीका लागि साउदी अरब गइन्। सम्झना ७ कक्षा पढदै गर्दा बीचमै छाडिन्। सुस्मिता भने जनज्योति माविमा कक्षा ५ मा पढदै थिइन्। आमाले छाडे पनि उनीहरूलाई बुवाले सँगै राखेका थिए। लालनपालन जादोलालले नै गर्थे। धनमायासित सम्बन्ध विच्छेद पछि जादोलालले केही समयअघि महोत्तरीकी पर्मशिलासित मागी विवाह गरे। घरमा जादोलालका बुवा सुकदेव दास एक्लै बस्थे। नातिनीको मृत्युले उनी समेत बोल्न सकेका छैनन्। ‘जीवनमा कहिले नभोगेको घटना भयो,’ उनले भने, ‘छिमेकी नै पापी भएर निस्कियो।’ उनी घरमा एक्लै टोलाइरहेका थिए। छोराबुहारी घाइते नातिनीको हेरचाहका लागि कीर्तिपुर अस्पताल गएका थिए। घटनापछि दुवैको उपचारमा समस्या भएको थियो। आर्थिक अवस्था कमजोर भएकाले उनीहरूलाई समस्या भएको हो। उपचारका लागि स्थानीयले चन्दा उठाए। स्थानीय प्रशासनले केही रकम सहयोग गरेको थयो। सम्झनाको शरीरका धेरै भाग र अनुहारमा बढी एसिड परेको थियो। उनको २ पटक शल्यक्रिया गरिएको थियो। भद्र स्वभावकी सम्झना जादोलालकी जेठी श्रीमती धनमायाकी जेठी छोरी हुन् सम्झना। उनी निकै भद्र थिइन्। अरूलाई हत्तपत्त केही नभन्ने दयालु स्वभावकी थिइन्। सुस्मिता र सम्झना पनि एकअर्काप्रति एकदमै मिल्ने थिए। दुवै साथी जस्तै व्यवहार गर्थे। कतै घुम्न जाँदा दिदीबहिनी सँगै जान्थे। आर्थिक अभावका कारण उनले बीचमै पढाइ छाडेकी थिइन्। उनको गाउँकै एक युवकसित प्रेम बसेको थियो। उनी अहिले विदेश छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy