Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - सोमबार पत्रकार सम्मेलन गर्दै कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा पठाइसकेको बताए । ‘विश्व फुटबलको सर्वोच्च निकाय भनेकै फिफा र एएफसी हुन् । चुनावका बेला भएका चलखेलको प्रमाण मैले यी दुई संस्थालाई बुझाइसकेको छु । उनीहरूले त्यसलाई सम्बन्धित निकायमा पठाइसकेका छन्,’ कुँवरले भने, ‘मलाई पूरा विश्वास छ, उनीहरूले यसमाथि आवश्यक कारबाही गर्नेछन् ।’ उनले अगस्ट ८ मै यी प्रमाण पठाइएको बताए । ‘जति पनि प्रमाण छन्, ती सबैको विश्वसनीयतामा म शतप्रतिशत विश्वस्त र जिम्मेवार छु,’ उनले थपे । उनका अनुसार वर्तमान एन्फा कार्यसमितिमाथि लगाइएका आरोपमा निर्वाचन कमिटीलाई ज्यानमार्ने धम्की र आर्थिक प्रलोभनमा पारेको, मतदातालाई प्रत्यक्ष रूपमा पैसा बाँड्ने काम गरेको, मतदातालाई प्रभावित गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतसमेत लगरेर ठूलो धनराशि खर्च गरेको, मतदातालाई चुनावलगत्तै युरोप भ्रमण गराएको, न्यायालयलाई समेत आर्थिक लेनदेनबाट प्रभावित पार्ने काम गरेको तथा निर्वाचनका क्रममा मतदाता र अन्य सहयोगीलाई सयौं संख्यामा हवाई टिकट उपलब्ध गराइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending