Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

प्रधानमन्त्रीद्वारा प्रजातन्त्र सेनानीको सम्मानमा रात्रिभोज

काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले प्रजातन्त्र सेनानीहरुको सम्मानमा शुक्रबार राती प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा देशका ७५ जिल्लाबाट आएका प्रजातन्त्र सेनानीहरु (ज्येष्ठ नागरिक) को सहभागिता थियो । नेपाल प्रजातन्त्र सेनानी सङ्घले ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा २००७ सालदेखि ०१७ सालसम्मको विभिन्न सङ्घर्ष तथा आन्दोलनमा योगदान पुर्याएका ७५ जिल्लाका ३४९ जना प्रजातन्त्र सेनानीलाई हिजो ‘प्रजातन्त्र सेनानी सम्मान’ प्रदान गरेको थियो । काँग्रेस सभापति एवम् प्रधानमन्त्री कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न प्रधानमन्त्रीको आग्रह सो अवसरमा प्रधानमन्त्रीले लामो सङ्घर्षपछि प्राप्त परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न सबै जुट्नुपर्ने बताए । मुलुकले शान्ति, अमनचयन, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान तथा विकास खोजेको र वर्तमान सरकार त्यसको लागि कटिवद्ध भएर लागेको उनले बताए । संविधान निर्माणमा अधिकतम सहमतिको प्रयास भइरहेको र सो कायम नभए प्रक्रियाबाट भए पनि संविधान जारी गरिने बताउँदै अब बन्ने संविधानमा आदिवासी, जनजाति, महिला, दलित, पिछडिएका वर्ग, मुस्लिम, मधेसी, अल्पसङ्ख्यक, थारुलगायत समस्त नेपालीको पहिचान, धर्म, संस्कृति, भाषा, परम्पराको संरक्षण र सम्वद्र्धन गरिने उनको भनाई थियो ।
अधिकतम सहमतिको प्रयास गर्ने नभए प्रक्रियाबाट भए पनि संविधान जारी गरिने
सेनानीहरुलाई मुलुकमा शान्ति अमन चयन कायम गर्ने सन्देश गाउँगाउँमा लिएर जान अनुरोधसमेत प्रधानमन्त्रीले गरे । प्रजातन्त्र सेनानीका माग पूरा गर्ने आश्वासन प्रधानमन्त्री कोइरालाले २००७ सालको क्रान्तिदेखि निरन्तर प्रजातन्त्रको लागि लड्ने प्रजातन्त्र सेनानी सङ्घका मागहरु पूरा गर्ने आश्वासन दिए । ‘सेनानी सङ्घका तर्फबाट प्रस्तुत माग ठूला र जटील छैनन् ।’ कोइरालाले भने, ‘प्रजातन्त्रका निम्ति बलिदान दिनेलाई यी सुविधा दिने मेरो पनि इच्छा छ । नेपाली काँग्रेस पनि यही चाहन्छ ।’ संयुक्त सरकार भएपनि प्रजातन्त्रको लागि बलिदान दिनेहरुका माग पूरा गर्न सबैको सहयोग हुनेमा आफू ढुक्क रहेको भन्दै कोइरालाले सेनानीहरुको माग मन्त्रिपरिषद्मा लगेर छिट्टै पूरा गर्ने वचन दिए । सो अवसरमा प्रजातन्त्र सेनानी सङ्घका सभापति टङ्कप्रसाद कँडेलले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र प्रस्तुत गरेका थिए । ज्ञापनपत्रमा प्रजातन्त्र सेनानीको पहिचान र योगदान स्पष्ट हुने गरी परिचयपत्र बनाएर वितरण गरिनुपर्ने, सार्वजनिक र सरकारी यातायातका साधनमा गरिने यात्रामा सहुलियत र सम्मान दिनुपर्ने, औषधोपचारको व्यवस्था गरिनुपर्ने, सेनानी आश्रम बनाउनुपर्नेलगायतका माग गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy