Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

धनमायाको सिरानीमा कृपासुरको तस्बिर

काठमाडौं,  वर्तमान पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा तत्कालीन नायब सुब्बा कृपासुर शेर्पासँग प्रेममा परेर छोरासमेत जन्माएको बताउने धनमाया दर्नाल अहिले अर्धचेत अवस्थामा छिन् । छोरा स्वीकार गर्न भन्दै उनले कृपासुरसँग ३५ वर्षसम्म रोइकराइ गरिन्, तर मानसिक पीडा र शारीरिक रोगले थलिएकी उनी अहिले न रुन सक्छिन् न हाँस्न । दुवै हातका औँला नभएकाले खान कठिन छ, उठ्न नसक्ने भएकाले दिसा–पिसाब पनि ओछ्यानमै बसेर गर्नुपर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–भोजपुरका कृपासुर नायब सुब्बाका रूपमा ताप्लेजुङ सदरमुकाम फुङलिङ गएका वेला स्थानीय दलित महिला धनमायासँग प्रेममा परेका थिए । उनीहरूको सम्बन्धबाट ०३७ मंसिर १ मा जन्मेको दाबी गर्ने गणेश अहिले बाबुसँग कानुनी लडाइँ लड्न काठमाडौंमा डेरा गरी बसेका छन् । त्यही डेरामा बस्छिन् धनमाया जसको सिरानीमा कृपासुरको फोटो छ । बिरामी धनमाया राम्ररी बोल्न पनि सक्दिनन् । सासैसासमा उनले भनिन्, ‘म कृपासुरकी स्वास्नी हुँ । गणेश हाम्रो छोरा हो । म मर्ने वेला भएको छ । छोराको नागरिकता आउला भनेर अदालत पनि गएँ । मसँगै छोराले पनि दुस्ख पायो, छोराको अनुहारमा हाँसो देखेर मर्ने मन छ ।’ छोरा जन्मिएपछि कृपासुर ताप्लेजुङबाट हिँडे, सामाजिक अपहेलना र आर्थिक अभाव सहेर दलित महिलाले ‘विनाबाबुको’ छोरा गणेशलाई हुर्काइन् । गणेशले कृपासुरसँग बाबुछोराको नाता स्थापित गर्न डिएनए टेस्ट गर्ने प्रस्ताव राख्दै आएका छन् । धनमायालाई त्यो प्राविधिक जानकारी छैन, उनी भन्छिन्, ‘जे गर्नु छ चाँडै गर्नुपर्‍यो, म मरेँ भने छोरा–नातिले झन् दुस्ख पाउँछन् ।’ गणेशकी पत्नी सुजाता भित्रिकोटी ९शेर्पा०का अनुसार धनमायालाई कलेजोसम्बन्धी रोग र डाइबिटिज छ, ताप्लेजुङमै रहँदा घरमै एकपटक लडेकी थिइन्, त्यही कारण उब्जिएको नसासम्बन्धी समस्याले पनि वेलावेला दुस्ख दिन्छ । ताप्लेजुङमै रहँदा १७–१८ वर्षपहिले ढिकीले दुवै हात किचेको रहेछ । पहिला गाउँमै गोबर लगाउनेलगायतका घरेलु उपचार गरिएको रहेछ । डेढ महिनापछि डाक्टरकहाँ जादा टिटानस अन्तिम अवस्थामा पुगेको देखिएछ । त्यसैले दुवै हातका सबै औँला काट्नुपरेको रहेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending