Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

रातभर नाच्छन् देवता !

रमेश गिरी । भक्तपुर, १२ असोज । साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न देवीदेवता निस्कन्छन् ।

मुकुट लगाएका, देवीदेवताको पोशाक लगाएका, हातमा खड्ग लिएका, खुट्टामा घुँघट लगाएका, विभिन्न गहना लगाएका देवीदेवताका स्वरुप धारण गरेका देवगणमा देवताकै शक्ति हुने मानिन्छ जो बाजाका तालसँगै नाच्दै निस्कन्छ । मध्यपुरथिमि– ५ र ६ का युवाको सक्रियतामा गठन भएको महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले ३०० वर्ष अघिदेखि सञ्चालनमा आएर २५ वर्षदेखि बन्द भएको सो नाच गत वर्षदेखि सञ्चालनमा ल्याएको हो । मध्यपुरथिमि– ५ भूलाखेलस्थित नित्यनाथ मन्दिरबाट शुरु भएको सो नाच शनिबार रातिसम्म सञ्चालन हुने समितिका अध्यक्ष सूर्यमान पिला श्रेष्ठले जानकारी दिए । उनले भने, “पूर्णिमादेखि चार रातसम्म सञ्चालन गरिने यो नाच यस वर्ष पाँच रातसम्म सञ्चालन गरिने भएको छ, अब हरेक वर्ष यो नाच सञ्चालनमा आउँछ, नाच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै थिमिका टोलटोल, चोकचोकमा टोलटोलमा नचाइने गरिन्छ ।” अध्यक्ष श्रेष्ठका अनुसार नित्यनाथ मन्दिरमा पूजा गरेर नाच पहिले समर्पित गरिन्छ । दथुटोल, दिगुटोल, गङ्गछिपा टोल, चपाचो, पोवु टोल, भूलाखेल, वाःननी हँुदै थिमिका विभिन्न टोलको परिक्रमा गरी नाच बालकुमारी पुग्ने गर्छ । नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा सो नाच नौदेखि १३ तालमा तालमा नाचिने गरेको बताए । उहाँले आफू २०२५ सालमा देवी भएर नाचेको स्मरण गर्दै आफूले नाच सिकेकाले यो नाच जोगाउन सजिलो भएको बताए । “यो नाचमा नचाइने ताल सबैभन्दा पुरानो र अरु नाचसँग नमिल्ने ताल हो, नाचमा महालक्ष्मी एक, सिंह एक, माक(बाँदर) एक, देवी दुई, कवाँं दुई, ख्या(भुत) दुई, भूतभैरव दुई, बेता चार गरी १५ जनाले विभिन्न देवीदेवताका रुपमा नाच्छन् ।” सो नाचमा महाकालीका रुपमा २३ वर्षीय सुसनदै श्रेष्ठ, देवीका रुपमा १९ वर्षीय सुजनदै श्रेष्ठ, महालक्ष्मीका रुपमा २३ वर्षीय राजुझांग श्रेष्ठ, सिंहका रुपमा २१ वर्षीय सागरन्हुछें श्रेष्ठ, बेटाका रुपमा १७ वर्षीय रसिककाः श्रेष्ठ, १७ वर्षीय सनीश प्रजापति, १६ वर्षीय सञ्जीव तामाङ र १६ वर्षीय विकास रञ्जीतकारले देवगणका रुपमा नाचेका छन् । त्यसैगरी भूत भैरवका रुपमा २१ वर्षीय सिजल श्रेष्ठ, १७ वर्षीय कविबोडे श्रेष्ठ, कवांँका रुपमा १५ वर्षीय देवपिला श्रेष्ठ, १२ वर्षीय समीप पला श्रेष्ठ, ख्या ः का रुपमा १९ वर्षीय सन्देशहामो श्रेष्ठ, १८ वर्षीय अमेश नकर्मी, माकका रुपमा १० वर्षीय दिलेशध्याकोदुवा श्रेष्ठले देवगणका रुपमा नाच प्रदर्शन गरेका छन् । नाच र बाजाका गुरु केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकांँ श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हीराकाजी लामा श्रेष्ठ, रामसुन्दर वासी श्रेष्ठ, राजकृष्ण दें श्रेष्ठ, लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ छन् । बाजामा भने मुहाली बजाउनेको अभाव छ । बाजाको तालसँगै विभिन्न स्वरुपमा नाचिने सो नाचमा देवी र दानवको युद्धसमेत चित्रण गरिएको छ । लगातार १३ तालमा नाच्दा रात बित्ने गर्छ । गुरु हीराकाजीले परापूर्वकालमा सो नाच नचाउँदा बजेको बाजा र देवीदेवताको स्वरुपले भूत भाग्ने जनविश्वास रहेको बताउँदै देवताका रुपमा नाच्नेमा देवताको शक्ति आउने भएकाले लगातार नाच्न सकिएको बताउँछन् । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नाच संरक्षणका लागि नगरपालिकाले गत वर्ष रु पाँच लाख दिएको र यस वर्ष पनि बजेट छुट्याएको जानकारी दिँदै मध्यपुरथिमिको कलासंस्कृतिको संरक्षणका लागि सक्दो सहयोग गरिने बताए । समितिका अध्यक्ष श्रेष्ठले यस वर्ष नाचका लागि मुकुट, लुगालगायत आवश्यक सामग्री किनिएको बताउँदै नाचमा करीब रु आठ लाख खर्च हुने जानकारी दिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending