Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

मेलम्चीमा नेपाली सेना यसरी बने महानायक

काठमाडाैं, सेनानी प्रेम हमाल टीभी हेर्दै थिए। कुनै भीषण युद्ध सम्झाउने गरी जमिन थर्कियो। उनी ब्यारेकबाहिर दगुरे। वैशाख १२ गते शनिबार। बिदाको दिन ड्युटीका सेनाबाहेक अधिकांश अनौपचारिक सादा पोसाकमा थिए। ब्यारेकसँगै जोडिएका घरहरूमा नौजवानका परिवारसमेत बसेका थिए। तासका पत्ती ढलेझैं वरिपरिका सबै घर गल्र्यामगुर्लुम ढले। जताततै धुलो उड्न थाल्यो। ग्यास पड्किएर, तेल सल्किएर जहीँतहीँ आगो लाग्न थाल्यो। महाभूकम्पको एक मिनेट नबित्दै पहाडको यो सुन्दर बजार मेलम्चीको जमिन–आकाश कुइरीमण्डल धुवाँले भरिइसकेको थियो। अाजकाे कान्तिपुर दैनिकमा वसन्त बस्नेत लेख्छन् –भीमकाली गुल्मका लेसनायक पुष्प बस्नेत चेकपोस्टमा तैनाथ थिए। जब आफ्नै अगाडि आफ्नो परिवारसमेत बसेको घर लडेको देखे, तुरुन्तै ढले। ढलिसकेको घरबाट एक–एक गर्दै सबै परिवार जीवितै निकाल्न सफल भए भीमकाली गुल्मका गुल्मपति हमाल, लेफ्टिनेन्ट हुमानसिं कुँवर र तैनाथ जवानहरू। यो सबै काम पाँच मिनेटभित्र सफल भएको थियो। देख्नेहरू भन्छन्, घर यस्तरी ढलेको थियो, एक मिनेटमात्रै अरू ढिला भएको भए कोही पनि बाँच्दैनथ्यो। ध्वस्त घरबाट निस्केर श्रीमतीले ब्यारेकमा सम्हाल्न आउँदा लेसनायक बस्नेत अचेत नै थिए। आफ्ना जहानबच्चा बाँचेका होलान् पत्याउनै सकिरहेका थिएनन्। हमाल र कुँवरसामु अवाक् भए। झुरुप्पै घेरेर आदेश पर्खिरहेका ५ सय जवानसामु हमाल कराए, ‘जोजो जस्तो ड्रेसमा छौ, बजारतिर कुदिहाल। आज बन्दुक बोक्नु पर्दैन। हेल्मेट लगाएर जाऊ, गइहाल।’ निमेषभरमा तीन दिशाका लागि तीनवटा टोली छुट्टयाए। पहिलो टोली, तल्तिरको बजारतिर तैनाथ भयो। दोस्रो टोली, ब्यारेकमास्तिरको सार्कीगाउँ खटाए। तेस्रो टोली, बजारको माथिल्लो भाग दगुर्‍यो। तेस्रो टोलीको नेतृत्व उनी आफैंले गरे। कमान्डरहरूलाई १०–११ जवानका सहायक टोलीहरू बनाएर साना समूहमा विभाजित भई उद्धार गर्नु भन्ने सन्देश बाटैबाट दिए। भूकम्पको धक्का एकपछि अर्को गइरहेको थियो। मेलम्ची र छिमेकी गाउँका कति मानिस पुरिए, कुनै अनुमान थिएन। महाभूकम्पमा सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक नै बन्न पुग्यो। त्यसमा पनि क्षेत्र नं ३, जहाँ मेलम्ची बजार थियो। बाँचेकाहरू भाग्ने कि के गर्ने दोधारमा थिए। आफ्नो अगाडि परिवार पुरिएको छ, कसरी भाग्न सक्नु? सेना कराउँदै धकेल्दै आयो, ‘मर्ने मरिगए। खुला ठाउँमा भाग।’ अनिमात्रै स्थानीयवासी दगुर्न थाले। उद्धार टोलीको सामान्य सिद्धान्तले भन्छ– भूकम्प जाँदाजाँदै अग्ला घरहरूमुनि उद्धार नथाल्नु। धक्का रोकिएपछि मात्रै जानु। ‘चेन अफ कमान्ड’ भन्दा दायाँबायाँ नगर्ने सेनाको आधारभूत मान्यताले भन्छ– अरू सबै कुरा तपसिल हुन्। आदेशको खुरुखुरु पालना गर्नु। त्यो दिन मेलम्चीको सेनाले दुवै ‘सिद्धान्त’ को उल्लंघन गर्‍यो। ‘भित्र च्यापिएकाहरू बचाऊ बचाऊ भन्दै गुहार मागिरहेका छन्। कसैको त हातबाहेक सबै पुरिएको देखिन्छ,’ हमाल त्यो दिनको कहालीलाग्दो वर्णन गर्छन्, ‘यस्तो बेला कसरी मन थामिन्छ? हामी त भुइँचालो जाँदाजाँदै भित्र छिरेर मान्छे निकाल्न थाल्यौं।’ कसैगरी आफू पुरिइहाले अर्को उद्धार टोलीलाई सूचना दिइहाल्नु भनेर हमालले एक जवानलाई बाहिर राखे। आफू घरभित्र गए। स्थानीय पत्रकार बालचन्द्र सापकोटाको भनाइमा, त्यत्रो भुइँचालोमा सेनाले त्यति छिटो उद्धार गर्न सक्ला भनेर कल्पनासम्म पनि थिएन। खण्डहर भइसकेको मेलम्ची बजारमा बिहीबार दिउँसो भेटिएका सापकोटाले एक महिनाअघिको विपत् सम्झे, ‘मेजर हमाल र लप्टन कुँवर भुइँचालो जाँदा सेना लिएर कराउँदै कुदिरहेका थिए। घर हल्लिएको हल्लियै थियो। उनीहरू भने भित्र पस्दै मान्छे निकालिरहेका थिए।’ मेलम्ची खानेपानी र इटालीको संस्था कोअपरेटिभ मुरातोरी सेमेन्तेस्ती द रेभा (सीएमसी) ले सेनालाई डोजर, गाडीलगायत दिएर बिरामी ओसार्न, बाटो खोल्न सघाए। सेनाले तुरुन्तै उद्धारका लागि स्थानीय गाडीहरू मागे। नमान्ने गाडीवालालाई हकार्दै बरु पेट्रोल हालिदिने वचन दिए। सयभन्दा बढी सानाठूला पहिरो गइसकेका थिए, गाउँ र बजारका सडकमा। उनीहरूले स्थानीय चालक र युवाको सहयोगमा एकपछि अर्को ट्रयाक खोल्दै गए। बाटो खोल्न एक्स्काभेटर मागे। त्यसलाई अनुगमन गर्न स्थानीय व्यवसायीहरूको नेतृत्वमा तुरुन्त ‘डोजर परिचालन कमिटी’ बनाइदिए। बाटो खुल्नेबित्तिकै घाइते र सुत्केरी ह्वारह्वार्ती अस्पताल झर्न थाले। गाडी नपुग्ने दुर्गम भेगका लागि हेलिकप्टर पठाए। केही नेताहरूले आफ्नो प्राथमिकतामा हेलिकप्टर पठाउन खोजेका थिए। त्यसलाई उनीहरूले अस्वीकार गरे। स्थानीयसँग मिलेर क्षतिको आकलन गरे। बढी घाइते भएको क्षेत्रमा हेलिकोप्टर गयो। स्थानीयले नै हेलिप्याड बनाए। सेनाको हेलिकोप्टरमा चढेर उनीहरूले बाटो देखाए। भोलिपल्ट, १३ गते बिहान पत्याउनै गाह्रो पर्ने घटना घट्यो। मिर्मिरे हुन नपाउँदै सेना उद्धारमा खटिइसकेको थियो। भत्किएको घरभित्र केही संकेत पाएर हवल्दार कुलदेव गौतम जवानहरूसँगै छिर्न खोजे। माथिबाट गारो गल्र्याम्म खस्यो। उनीहरू मुस्किलले जोगिए। त्यसपछि पुरिएको भाग खोतल्न थाले। एउटा हात उज्याएको अवस्थामा धुलोभित्र देखियो। गौतमले हात छामे, त्यसमा जीवनको न्यानो थियो। खोतल्दै गए। सात दिनकी बच्चीलाई दुध चुसाइरहेकी सुत्केरी पार्वती गिरी अचेत थिइन्। शिशुको ज्यान गइसकेको थियो। हाँस्ने कि रुने? खुसी हुने कि दु:खी हुने? त्यहाँ संवेगका लागि कुनै जमिन थिएन। उनीहरूले फटाफट सुत्केरीको उद्धार गरे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE