Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

विप्लव पार्टीः चन्दा माग्दै, मान्छे कुट्दै

रोल्पा । माओवादीको उद्गम थलो मानिने रोल्पाका कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले विगतमा सशस्त्र सङ्घर्षमा सँगै बन्दुक बोकेकाहरूबाटै सुरक्षा खतरा बढेको बताएका छन् । त्यहाँ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चन्दा माग्ने, कुटपिट गर्ने र राजीनामा दिन दबाव दिने गरेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् ।

ती गतिविधि विगतको माओवादी विद्रोहको झल्को दिने खालका देखिन्छन् । त्यहाँका जनप्रतिनिधिहरूका अनुसार विगतमा हतियार लिएरसँगै लडेकाहरूले नै निर्वाचित जनप्रतिनिधिलाई तारो बनाउदै चन्दा माग्नेदेखि लिएर पद छाड्ने सम्मका दबाव दिँदै आएका छन् ।

पूर्वसहकर्मी

विगतमा माओवादी लडाकु रहेका वीरबहादुर खत्री गएको निर्वाचनमा गङ्गादेव गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । अध्यक्ष निर्वाचित भएपछि \'कथित जनप्रतिनिधि\' भनेर सम्बोधन गरिएको एउटा पत्र उनलाई आयो। त्यसमा उनलाई पद त्याग्न दबाव दिइएको थियो । खत्रीका अनुसार सो पत्र लिएर उनकै एक पूर्वसहकर्मी आएका थिए । उनी भन्छन्, \"कथित अध्यक्ष भनेर लेखेको पत्र दिए, \'कथित काटेर लैजाऊ\' भनेँ। अहिले उनीहरूले मलाई दबाब दिएका छन्। पहिले पनि युद्ध लडेको मान्छे म । मलाई नै कारबाही गर्ने भनेर हल्ला चलाइएको छ। सदरमुकाममा सुरक्षाका सबै निकाय छन्, तर गाउँमा छैनन् । बीबीसीले जनाएनुसार उनीहरूले मान्छे कुट्ने काम गरिरहेका छन्, चन्दा मागिरहेका छन्।\" रोल्पाको माडी गाउँपालिकाको अवस्था पनि त्यस्तै छ । \"\"

\'जनसरकार\'को अभ्यास ?

त्यहाँका एक जनप्रतिनिधिलाई भ्रष्टाचारमा संलग्न भएको भनी चन्दको पार्टीले बनाएको \'जनसरकार\'ले कारबाहीसमेत गरेको गाउँपालिकाका उपाध्यक्ष धनीकला घर्ती बुढामगर बताउँछिन्। उनी भन्छिन्, \"हाम्रो एकजना वडासदस्यलाई भ्रष्टाचार गरे भनेर कालोमोसो दले, उनको घर कब्जा गरेर झन्डा गाढेका छन् ।\" जनप्रतिनिधिहरूका अनुसार रोल्पाका प्राय: सबै गाउँपालिकाहरूमा चन्दको पार्टीले \'जनसरकार\' गठन गरेको छ । लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जनप्रतिनिधिहरूलाई उनीहरूले आर्थिक सहयोगको रूपमा एक महिनाको तलब दिन समेत दबाव दिँदै आएको बताउँछन् । खड्का भन्छन्, \"हाम्रा वडाध्यक्षहरूलाई राजीनामा दिन पत्र थमाएका छन्। सँगसँगै एक महिना वा सोभन्दा बढीको तलब दिन भनिरहेका छन् ।\" तर उनीहरूले तलब दिए कि दिएनन् भन्ने थाहा हुन सकेको छैन । विगतको माओवादी विद्रोहकै झल्को दिने खालका यस्ता गतिविधिले जिल्ला सदरमुकाम लिवाङलाई अहिलेसम्म नछोए पनि गाउँमा भने एक प्रकारले सम्भावित त्रासको प्रतीक्षा गरेजस्तो अवस्था देखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending