Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

लोप भए परम्परागत गहना

सोलुुखुम्बु, समयको परिवर्तनसँगै महिलाले लगाउँदै आएका परम्परागत गहना लोप हुँदै गएको छ ।

बजारमा आएका विभिन्न खालका आधुनिक गहनाले सुनका कण्ठी, चक्की, बुलाकी, ढुङ्ग्री, माडबारी र तिलहरीलगायत परम्परागत गहना अहिले लोपोन्मुख अवस्थामा पुगेका छन् । \'बिहेवारीमा होस् वा मगनी बिहे, गाउँमा पुराना गहना लगाउने महिला कमै मात्र भेटिन्छन्\' नेचा बेतघारी– ६ सोलुखुम्बुका जितबहादुर विकले बताए ।

गरगहना लगाएर पुरानो संस्कृतिमा सजिएकी जुबु– ४ सोलुखुम्बुकी मायालक्ष्छी राईका अनुसार सुनको मूल्य वृद्धि र प्रेम विवाहका कारण परम्परागत संस्कृति लोप हुँदै गएको हो ।

त्यस्तै हातमा लगाइने काँडेचुरा, नाकको बुलाकी र कानको माडबारी पनि परम्परागत गहना भएको पञ्चन सोलुखुम्बुकी ६९ वर्षीया मनमाया विकले भन्नुभयो – \'आजभोलि बजारमा आएका विभिन्न थरिका गहनाले पुरानो गहनाको चलन नै हराएको छ, यस्तो गहना त पुरानो मान्छेले लगाउने पो हो त, अहिलेका युवतीलाई नाकमा नथी र कानमा रिङ भए पुग्छ ।\'

पुरानो चलनअनुसार मागी विवाह हुँदा केटीले आफूले लगाउने गहना भए मात्र विवाह गर्ने भनेपछि केटा पक्षले घरमा नभए पनि खेतबारी बेचेर होस् या साहुमहाजनसँग ऋण काढेर गहना बनाई विवाह गर्नुपर्ने बाध्यता थियो ।

सुनको उच्च मूल्य र प्रेम विवाहले नै परम्परागत गहना लोप हुँदै गएको स्थानीयवासी सोम निरौलाले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending