Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कोरियाबाट भाग्नेको सङ्ख्या ‘घट्दो’

[caption id=\"attachment_208992\" align=\"alignleft\" width=\"850\"]\"\" उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया जाँदै गरेका एक उत्तर कोरियाली (फाइल तस्वीर)[/caption] सात वर्षअघि किम जङ-अन सत्तामा आएपछि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया जाने मानिसहरूको सङ्ख्यामा कमी आएको एक दक्षिण कोरियाली वकिलले बताएका छन् । दक्षिण कोरियाली एकीकरण मन्त्रालयललाई उद्धृत गर्दै पार्क बियङ-सिउगले सन् २०११ मा २,७०६ जना उत्तर कोरियालीहरू देश छाडेर भागेकोमा गत वर्ष त्यसमा कमी आएर १,१२७ मा झरेको बताए। भगौडाहरूको सङ्ख्यामा कमी आउनुको प्रमुख कारणमा उत्तर कोरिया र चीनबीचको सिमानामा अझ बढी कडाइ हुनु र तस्करहरूले बढी रकम लिनु रहेको छ। प्योङयाङले त्यसबारे कुनै सार्वजनिक टिप्पणी गरिसकेको छैन। भगौडामध्ये अधिकांशले ढिलो वा चाँडो दक्षिण कोरियाको नागरिकता पाउने गरेका छन्।

गैरकानूनी

सोल भन्छन्, सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएपछि ३० हजारभन्दा बढी उत्तर कोरिया नागरिकहरू गैरकानूनी रूपमा सीमा कटेर दक्षिण कोरिया पुगेका छन्। अधिकांश भगौडाहरू उत्तर कोरियासँग सबैभन्दा लामो सीमा जोडिएको छिमेकी देश चीन भएर दक्षिण कोरिया पुग्ने गर्छन्। सैन्य गतिविधि नहुने दुई कोरियाबीचको क्षेत्र भएर जानुभन्दा चीन भएर दक्षिण कोरिया जानु उनीहरूलाई सजिलो हुन्छ। चीनले भगौडाहरूलाई शरणार्थी नभइ गैरकानूनी आप्रवासीका रूपमा लिने गर्छ र प्रायः उनीहरूले बलपूर्वक उत्तर कोरिया फर्काइदिन्छ। प्राविधिक रूपमा अझै युद्धको अवस्थामा रहे पनि पछिल्ला महिनाहरूमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ।

निरस्त्रीकरण

यसै महिनाको शुरूतिर दुई देशका नेताले प्योङयाङमा भेटवार्ता गरे, जुन अवरुद्ध निरस्त्रीकरण वार्तामाथि केन्द्रित थियो। गत जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रिपति डोनल्ड ट्रम्प र किम जङ-अनबीच भएको ऐतिहासिक शिखर बैठकपछि दुई कोरियाली नेताले प्योङयाङमा भेटवार्ता गरेका हुन्। सिंगापुर शिखर बैठकमा ट्रम्प र किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्र मुक्त बनाउने दिशामा काम गर्ने सहमति गरेका थिए। तर न्यूयोर्कमा शनिवार संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री रि यङ-होले अमेरिकाले प्रतिबन्धहरू जारी राखेमा आफ्नो मुलुकले निरस्त्रीकरण नगर्ने चेतावनी दिए। उनले प्रतिबन्धहरूले अमेरिकाप्रतिको उत्तर कोरियाको \'अविश्वासलाई गहिरो बनाउँदै लगेको\' बताए। उनले भने, \"अमेरिकामाथि विश्वास नहुञ्जेल हाम्रो राष्ट्रिय सुरक्षामा विश्वस्त हुन सकिँदैन र त्यस्तो परिस्थितिमा हामीले पहिला निरस्त्रीकरण गर्ने कुरा हुँदैन।\" बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies