म्यासेडोनियाको नाम नर्थ म्यासेडोनिया परिवर्तन गर्न भनी भएको मतदानमा आवश्यक भन्दा निकै कममात्रै मत खसेको छ।
प्रारम्भिक परिणामका अनुसार जनमत संग्रहमा ५० प्रतिशत मत खस्नुपर्ने भए पनि एक तिहाइ भन्दा थोरै बढी जनसंख्याले मात्रै मत खसालेका छन्। तर जनमत संग्रहमा भाग लिएका ३६ प्रतिशत योग्य मतदातामध्ये चाहिँ ९० प्रतिशतले म्यासेडोनियाको नाम परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा मत खसालेका छन्। म्यासेडोनियाका प्रधानमन्त्री जोरन जाएबले बहुमतको इच्छाको कदर गर्न संसदलाई अपिल गरेका छन्। प्रधानमन्त्रीले उक्त प्रस्तावलाई संसदले समर्थन नगरे चाँडै चुनावको आह्वान गर्ने चेतावनीसमेत दिएका छन्। अहिलेसम्म ८५ प्रतिशत मतगणना सकिइसकेको छ। राष्ट्रपतिसहितका केही राष्ट्रवादीहरूले आइतवारको जनमतसंग्रह बहिष्कार गर्न गरेको आह्वानको असर मतदाताहरूमा परेको देखिन्छ। सन् १९९१ मा युगोस्लाभियाबाट छुट्टिएपछि म्यासेडोनिया स्वतन्त्र घोषित भएको थियो। तर ग्रीसले भने आफ्नो नयाँ छिमेकीको नामलाई लिएर सधैँ आपत्ती जनाउँदै आएको छ। म्यासेडोनिया नै नाम रहेको क्षेत्र भएको ग्रीससँगको लामो समयदेखिको जारी विवाद अन्त्य गर्ने उद्देश्यले यो मतदान गरिएको थियो। यदि नाम परिवर्तन भए एथेन्सले म्यासेडोनियाको युरोपेली संघ र नेटोसँगको सदस्यता आह्वानमा रहेको आपत्ति अन्त्य गर्ने सहमति जनाएको छ। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: