काठमाडौँ, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री नीलम केसीले नेपाललाई पाकिस्तानले विभिन्न क्षेत्रमा निस्वार्थ सहयोग गर्दै आएको बताएका छन् ।
नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घद्वारा पाकिस्तानमा अध्ययन गरेर फर्केका नेपाली चिकित्सकको सहभागितामा परोपकार उच्चमाध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको आज शुभारम्भ गर्दै उनले हरेक वर्ष पाकिस्तानले एमबिबिएस, फार्मेसी र इन्जिनियरिङ विषयमा दिएको छात्रबृत्तिले नेपालको चौतर्फी विकासमा योगदान पुगिरहेको धारणा व्यक्त गरे ।
उनले नेपाल र पाकिस्तानबीच दशकौँदेखि सुमधुर सम्बन्ध रहँदै आएको चर्चा गरे ।
नेकपा (माले)का महासचिव सिपी मैनालीले नेपाल र पाकिस्तानबीच जनस्तरमा रहेको सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने धारणा राखे ।
नेपालका लागि पाकिस्तानका राजदूत अर्सैद साउद खोसाले नेपालमा हालै गएको भूकम्पबाट ठूलो रुपमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पाकिस्तानले तत्कालै खोज, उद्धार र उपचारको टोलीका साथै राहत सामग्री उपलब्ध गराएको बताए ।
नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घका अध्यक्ष हिमालय शमशेर राणाले पाकिस्तानबाट एमबिबिएस गरेका विशेषज्ञ चिकित्सकबाट सेवा पु¥याउने यो शिविरमा मधुमेह, मुटुरोग, हाडजोर्नी, नसा, स्त्री रोग, बालरोग र दन्तरोगका बिरामीले लाभ लिने विश्वास व्यक्त गरे ।
भूकम्पपछि बिरामीको चापले सरकारी अस्पताल र निजी स्वास्थ्य संस्था खचाखच रहेकाले काठमाडाँैको वसन्तपुर, भिमसेनस्थान, कालिमाटी, ताहचल, जैसीदेवल क्षेत्रका पुराना तथा नयाँ रोगका बिरामीलाई केही हदसम्म भए पनि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न सकियोस् भनेर शिविर सञ्चालन गरिएको आयोजक संस्थाका महासचिव मन्जुरत्न शाक्यले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: