Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

प्रहरी नै सरकारी निर्णयविपरित अनैतिक काममा संलग्न

काठमाडौं, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निवासअघिको प्रवेशद्धारको सामुन्ने सडक पारी आठ तले भवन चिराचिरा परेको छ। पराकम्पन जाँदै गर्दा त्यसले उक्त व्यापारिक भवन भत्किए सोको मार पनि ड्यूटीमा कार्यरत प्रहरीहरू नै पर्ने निश्चित छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– त्यति हुँदाहुँदै पनि त्यो भवन भित्रभित्रै टाल्ने काम सुरू भएको छ। नेपाल सरकारले चिरा परेका भवनहरू मर्मत, भवन बनाउन र नक्सा पास गरे पनि दुई तलाभन्दा माथि बनाउन नपाइने निर्णय गरे पनि सरकारकै एउटा निकाय प्रहरी भने चौथो तला ढलान गर्नेसम्मको काममा व्यस्त छ। कानुन र नियमविपरित काम गर्ने सर्वसाधारणलाई नियन्त्रण र निगरानी गर्ने प्रहरी नै यतिबेला सरकारी निर्णयविपरित अनैतिक काममा संलग्न छ। प्रहरी प्रधान कार्यालय नक्सालस्थित अपराध अनुसन्धान विभागको महिला तथा बालबालिका सेवा निर्देशनालयको भवन बनाउने काम भएको हो। कार्यालय परिसरको पूर्वतर्फ रहेको निर्देशनालयको दुई र तीन तले घरको तला थप्ने काम भइरहेको हो। जोडिएको दुईवटा ती भवनको उत्तरतर्फको दुई तलेमा माथिको एक तला ढलान भइसकेको छ भने त्यसमाथि अर्को तला ढलान गर्ने तयारी भइरहेको छ। यसैगरी, सोही भवनको दक्षिणतर्फको तीन तलेमा अर्को तला थप्ने तयारी भएको छ। शनिबार मध्याह्न त्यहाँ पुग्दा दक्षिणतर्फको चौथो तलाको ढलानका लागि पाँचजना पुरूष कर्मी बिममा तार कसिरहेका भेटिए। भवन पाँचौं तला बनाउन मिल्ने गरी पिलर उठाइएको छ। सरकारको स्थानीय विकास मन्त्रालयले महाभूकम्पपछि कसैले पनि नयाँ घर बनाउन नक्सा पाससमेत गर्न नपाउने निर्णय गरेको छ। मन्त्रालयले १६ बुँदे निर्णय सार्वजनिक गर्दै करिब तीन साताअघि नक्सा पास भएर काम भइरहेको हकमा पनि दुई तलामात्र बनाउन पाइने निर्णय गरेको थियो। नक्सालमा प्रहरीले बनाइरहेको उक्त भवन सरकारी निर्णयविपरित छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले सरकारी, संस्थान र अपार्टमेन्ट महानगरपालिकाको कार्यक्षेत्रभित्र नपर्ने जानकारी दिए। प्रहरीप्रवक्ता कमलसिंह बमले भूकम्पपछि बनाउन थालेको नभएर निर्माणाधीन भवन भएको बताए। उनले भने, ‘कार्यालयका पुराना भवनहरू चर्किएकाले अस्थायी रूपमा बस्नका लागि उत्तर पश्चिमपट्टि चार तले भूकम्पअघिदेखि बनाइरहेकाले अहिले अस्थायी बसोबासका लागि दुई तला बनाइरहेका हौं।’ भवनहरू भूकम्प प्रतिरोधात्मक बनाइरहेको जानकारी दिँदै उनले थपे, ‘भवन हेर्ने प्रहरी इन्जिनियरहरूको प्राविधिक टोलीले निर्माणको काम हेर्छ।यदि सरकारले प्रतिबन्ध लगाएको हो भने निर्देशनालयको चार तले भवनमा मापदण्डअनुरूप नै गर्नेछौं।’ उनका अनुसार, पूर्वतर्फको पर्खालमा रेट्रोफिटिङ गर्ने तयारी भइरहेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE