Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

यौन दुर्व्यवहारको आरोप लागेका क्याभानो न्यायाधीशमा नियुक्त

अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो हप्तौँदेखिको तीखो बहसपछि अनुमोदित भइ शपथ लिएका छन्।

अमेरिकी सिनेटले ४८ का विरुद्ध ५० मतले क्याभानोको मनोनयनलाई अनुमोदन गरेको छ। क्याभानोमाथि यौन दुर्व्यवहारको आरोप लगाइएको थियो, जुन आरोपलाई उनी अस्वीकार गर्छन्। तर नियुक्तिबारे निर्णयमा पुग्न नसकेका दुईजना सिनेटरले संघीय अनुसन्धान निकाय एफबीआईले ११ घण्टा लगाएर गरेको एउटा अनुसन्धानपछि क्याभानोलाई समर्थन गर्ने निधो गरे।

जित

उनको नियुक्तिले अमेरिकामा आउँदो नोभेम्बरमा हुने महत्त्वपूर्ण मध्यावधि चुनावअघि राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा राजनीतिक जित दिलाएको छ। सिनेटमा मतदानअघि क्याभानोको मनोनयनको विपक्षमा वाशिङटनमा सयौँ मानिसले प्रदर्शन गरेका थिए। मतदानका क्रममा अर्का प्रदर्शनकारीहरूले चर्को नाराबाजी गरेपछि उपराष्ट्रपति माइक पेन्सले शान्ति, सुरक्षा कायम राख्न निर्देशन दिनुपर्‍यो। अनुमोदन र त्यसपछि शपथसँगै क्याभानो जीवनभरिका लागि न्यायाधीश भएका छन्।

अनुदारवादी

उनको नियुक्तिले नौजना न्यायाधीश हुने अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादीहरूको नियन्त्रण थप मजबुत भएको छ। अमेरिकी कानूनको अन्तिम व्याख्या गर्ने अधिकार त्यहाँको सर्वोच्च अदालतमा निहित हुन्छ। सर्वोच्च अदालतमा आयोजित एक समारोहबीच ५३ वर्षीय क्याभानोले शपथ लिएका छन्। राष्ट्रपति ट्रम्पले सिनेटलाई बधाई दिएका छन्। उनले क्याभानो \'डेमोक्र्याटहरूको डरलाग्दो आक्रमणबाट जोगिएको\' टिप्पणी समेत गरेका छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending