Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

किन भयो दूतावासमै पत्रकारको हत्या ?

टर्कीको प्रहरीले साउदी अरेबियाका पत्रकार जमाल खशोग्गीलाई इस्तानबुलस्थित उनकै देशको वाणिज्य दूतावासमा हत्या गरिएको आफूहरूको विश्वास रहेको बताएको छ ।

हुन त प्रहरीले त्यस्तो निष्कर्षमा पुग्नुको पछाडि कुनै प्रमाण प्रस्तुत गरेको छैन, तर गत मङ्गलवार साउदी वाणिज्य दूतावास गएपछि खशोग्गी बेपत्ता भएका थिए । साउदी अरेबियाका अधिकारीहरूले टर्कीको प्रहरीको आरोपलाई आधारहीन भनेको छ । साउदी अधिकारीहरूले खशोग्गी त्यो दिन दूतावास भवनबाट निस्किसकेको बताउने गरेका छन्, तर टर्कीले उनको हत्या गरिएको र त्यसपछि शव हटाइएको जनाएको छ । \"\"

संलग्नता

टर्कीको भूमिमा साउदी अरेबियाकै संलग्नतामा पत्रकारको हत्या गराइएको पुष्टि भए दुई देशबीचको सम्बन्ध नाटकीय रुपमा चिसिन सक्ने बताइएको छ । खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्ट पत्रिकाले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ । संयुक्त राज्य अमेरिकाले पत्रकार खशोग्गीको बेपत्ता प्रकरणबारे थप सूचना सङ्कलन गरिरहेको बताएको छ । साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । खशोग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणज्य दूतावास गएकी थिइन्, तर उनलाई वाणिज्य दूतावास छिर्न दिइनन् । [caption id=\"attachment_210024\" align=\"alignleft\" width=\"850\"]\"\" इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास[/caption]

सल्लाहकार

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खशोग्गी वाणिज्य दूतावास गएको बताइएको थियो । साउदी सरकारका स्थापित आलोचक खशोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको उनी आलोचक रहिआएका थिए। यसअघि अल-वतन पत्रिका र केही समय चलेको साउदी टीभी न्यूज च्यानलका सम्पादक रहिसकेका खशोग्गीले साउदी अरेबिया र मध्यपूर्वबारे बीबीसी कार्यक्रमका लागि पनि काम गरेका थिए । साउदी राजपरिवारका सल्लाहकार रहिसकेका खशोग्गीले प्रेस स्वतन्त्रतामा कडाइ गरिएपछि एक वर्षअघि साउदी छाड्नुअघि कैयौँ वर्षसम्म उनलाई राजपरिवारका भित्री मानिसका रूपमा पनि हेर्ने गरिन्थ्यो । किशोर ओसामा बिन लादेनसँग नजिकको सम्बन्ध रहेकोमा पनि चिनिएका खशोग्गीले उनीसँग सन् १९८० को दशकमा अफगानिस्तानको व्यापक भ्रमण गरेका थिए । यद्यपि उनले सार्वजनिक रूपमै ओसामा बिन लादेनका दर्शनहरूको आलोचना गरे । र, सन् २००१ मा अमेरिकामा गरिएको हमलाभन्दा पहिल्यैदेखि नै उनी ओसामा बिन लादेनको सम्पर्कमा थिएनन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending