Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

चित्रबहादुरले गठन गरे नयाँ पार्टी

काठमाडौं । शिल्पकारको हकअधिकारको लागि भन्दै नयाँ पार्टी गठन गरिएको छ । शिल्पकार उत्पीडित मुक्ती समाज नेपाल नामको पार्टीको राजधानीमा घोषणा सभा भएको छ । लामो समयदेखि दलित–शिल्पीको मुक्तिको लागि संघर्ष गर्दै आएका चित्रबहादुर रसाईलीको अध्यक्षमा ७७ सदस्यीय पार्टीको घोषणा गरिएको हो । राजधानीको संवाद डबलीमा भएको घोषणा सभामा बोल्दै अध्यक्ष रसाईलीले पेशागत पहिचान शिल्पकार शब्दलाई हाम्रो पहिचान बनाएर पूर्ण स्वतन्त्रा, समनता र पूर्ण मुक्तिका लागि संघर्ष गर्ने बताए । उनले काम गरी खानेलाई ठगी खानेले भ्रममा पारेको बताए । नयाँ कार्य समितिलाई शुभकामना दिँदै मानव अधिकारकर्मी तथा एम्नेष्टी इन्टर नेशनल नेपालका पूर्व अध्यक्ष सूर्यबहादुर आधिकारीले विश्वभरी उत्पीडनको अवाज उठिरहेको बेला जातीय विभेदको निम्ती सबैजना जाग्नु पर्ने बताए । कुनै महिला हो या पुरुष आफूलाई सुन्दर बनाउन शिल्यकालाको सहयोग लिनुपर्ने बताउँदै भने, “कुनै महिला सुन्दर हुनको लागि गहना हो या कपडा शिल्पकलाकै आवश्यकता पर्छ ।” अधिकारीले विभेद अन्त्यको कामना गर्दै आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए । पत्रकार दिपेन्द्र रावलले शुभकामना दिँदै आफू विभेद र असमानविरुद्धको आवाजलाई कलमको माध्यमबाट बुलन्द गर्दै आएको बताए । उत्पीडित समुदायको हक अधिकारको लागि खोलिएका संघ–संगठन सिमित व्यक्तिको स्वार्थ पूर्ति गर्ने साधन बन्दै आएको भन्दै रावलले दुःख व्यक्त गरे । अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुङगनाले मानिसका दुई महिला र पुरुष गरी दुई जात मात्रै हुने बताउँदै २१ औं शताब्दीमा पनि जातिय विभेद रहनु दुःखद् भएको बताए । त्यस्तै यस संस्थाका उपअध्यक्ष जितबहादुर रसाईलीले आफूहरुले जन्मजात ईन्जिनियर भएको बताउँदै यसैमा गर्व गर्न सक्नु पर्ने बताए । नयाँ कार्यसमितिमा प्रवासका विभिन्न देशहरुमा जिम्मेवारी दिइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending