Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यसो भन्छन् अर्थमन्त्रीका पीएको पत्रकार सम्मेलनमा थप्पड खाने बोहोरा

काठमाडौं, नेपाल सरकारका अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव तथा कंग्रेस नुवाकोटका जिल्ला सदस्य रमेश महतले भूकम्पपीडितलाई दाताले निःशुल्क पठाएको जस्तापाता बिक्री गरेको घटनाले व्यापक चर्चा पाएको छ । यही विषयमा राजधानीस्थित रिपोर्टर्स क्लबमै सञ्चारकर्मी र स्थानीय नागरिकमाथि हातपात समेत हुन पुगेको छ । यसै विषयमा कांग्रेस कार्यकर्ताको कुटाइ खाएका कृष्ण बोहोराले खबरडबलीलाई संक्षिप्त प्रतिक्रिया दिए । ‘नेपाल इन्भेस्टमेन्ट बैंकले नुवाकोट जिल्लाको विद्यालयका लागि राहतस्वरुप पठाएको २ सय ७० बन्डल जस्तापाता बेच्न खोजेपछि हामी स्थानीय मिलेर पक्राउ गरेपछि त्यसबारेको समाचार सञ्चार माध्यमहरुमा प्रशारण–प्रकाशन भयो’ स्थानीय एमाओवादी कार्यकर्ता कृष्ण बोहोराले भने । ‘उनले त्यो काम मैले गरेको होइन भनेर प्रतिवाद गर्ने प्रयास गरिरहेका थिए’ बोहोराले भने– ‘तर हामी स्थानीयले केही सञ्चार माध्यमहरुलाई प्रमाण दिएर सहयोग गरेपछि उनैले बेचे स–प्रमाण समाचार प्रवाहित भयो ।’ ‘अर्थमन्त्रीका पीए महतले यसै विषयमा आफ्नो दावी पेस गर्न आइतबार राजधानीस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरे । कार्यक्रममा प्रायः सबै मिडियाका पत्रकार उपस्थित थिए । त्यो जानकारी पाएपछि हामी स्थानीय पनि प्रमाणसहित त्यहाँ गएका थियौं’, बोहोरा भन्छन्– ‘रमेश महतले पहिले केही कुरा राखे र त्यसपछि पत्रकारलाई प्रश्न सोध्न आग्रह गरियो । पत्रकारहरु प्रश्न सोध्न थाले । मेरो नजिकै रहेका कारोबार राष्ट्रिय दैनिकका पत्रकार शिव बोहोराले प्रश्न सोध्न सुरु गरे । त्यसै क्रममा प्रश्न सोध्दै गर्दा महतले सबै प्रचारवाजी गलत भएको जवाफ दिन थाले । त्यसपछि मैले पनि उनले नै जस्तापाता बिक्री गरेका प्रमाणहरु देखाउन थालें ।’ बोहोराले अगाडि भने– ‘त्यत्तिकैमा त्यहाँ उपस्थित नुवाकोटकै केही कांग्रेस कार्यकर्ताहरु एक्कासि ममाथि आइलागे । शिवहरि भाइ प्रश्न सोधिरहेका थिए । उनलाई पनि चोट लाग्यो । उनले जस्तापाता बेच्ने काम गरेको प्रमाण देखाउँदा म र अरु पत्रकार साथीहरुमाथि हातपात भयो । हातपात गर्नेमध्ये प्रल्हाद फुँयाल भन्ने एक जना कार्यकर्तालाई म चिन्दछु । अरुको खासै हेक्का भएन ।’ ‘यसरी पत्रकारलाई सूचना दिन आफैंले निम्तो दिएर, प्रतिप्रश्न गर्ने र प्रमाण पेस गर्नेमाथि उल्टै आफैंले हातपात गर्नु लोकतन्त्रको मूल्य र मान्यता विपरीत छ । यो कुरा राज्य र प्रशासनले बुझ्ने छ र दोषीलाई कारबाही गर्ने छ भन्ने अपेक्षा गरेको छु’– बोहोरा भन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy