Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

यी हुन् युवा अर्बपति, कसको सम्पत्ति कति ?

फोर्ब्स इन्डिया म्यागजिनले यो वर्षका भारतीय अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ ।

लगातार ११ वर्षदेखि रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी सो सूचीमा सबैभन्दा माथि छन् । फोर्ब्सका अनुसार अम्बानीको रिलायन्स इन्डस्ट्रिजको सम्पत्ति ४७.३ अर्ब डलर बराबरको छ । दोस्रो स्थानमा अजीम प्रेमजी, तेस्रोमा लक्ष्मी मित्तल, चौथोमा हिन्दुजा ब्रदर्स र पाँचौँ स्थानमा पालोनजी मिस्त्री परेका छन् । भारतका यी शीर्षस्थ पाँच अर्बपतिहरूको उमेर ६१ देखि ८९ वर्ष बीचको रहेको रहेछ । ठूला सयजना अर्बपतिहरूको सूचीमा कैयौँ युवा पनि समेटिएका छन् । यी हुन् भारतका पाँच युवा अर्बपतिः

भाविन र दिव्याङ्क तुराखिया

छत्तीस वर्षीय दिव्याङ्क तुराखिया र ३८ वर्षीय भाविन तुराखिया डाइरेक्ट-आई कम्पनीका सहसंस्थापक हुन् । डाइरेक्ट-आई विभिन्न प्रविधि कम्पनीहरूको समूह हो, जसको स्थापनमा सन् १९९८ मा २५ हजार भारु लागतमा गरिएको थियो । फोर्ब्सका अनुसार सो कम्पनीको सम्पत्ति अहिले एक अर्ब ५५ करोड डलर अर्थात् ११, ४३३ करोड भारु बराबरको छ । भारतका ठूला सयजना अर्बपतिको सूचीमा यी दाजुभाइ ९७ औँ स्थानमा रहेका छन् । खेलकुदसम्बन्धी व्यवसायबाट थालनी गरेका मुम्बईका यी दाजुभाइले अन्लाइन विज्ञापनदेखि एपजगत्‌मा सफलता हासिल गरेका छन् । भारतका साथै अमेरिका र संयुक्त अरब एमिरेट्सबाट पनि यी दाजुभाइको कम्पनी सञ्चालनमा छ ।

विजय शेखर शर्मा, पेटीएम

भारतमा \'नोटबन्दी\'पछि पेटीएमले अभूतपूर्व सफलता हासिल गरेको छ । डिजिटल बिल कारोबारबाट थालिएको उसको यात्रा अहिले ई-कमर्सको दुनियाँमा पुगेको छ । विजय शेखर शर्माले सन् २०१० मा पेटीएमको स्थापना गरेका थिए । भारतका ठूला १०० धनीको सूचीमा ४० वर्षीय विजय शेखर ७४ औँ स्थानमा रहेका छन् । पेटीएमको अहिलेको सम्पत्ति दुई अर्ब १५ करोड डलर अर्थात् १५, ८५५ करोड भारु बराबरको छ । अलिगढका विजय शेखरले प्रारम्भिक दिनमा आफ्नो अङ्ग्रेजी भाषा राम्रो नभएका कारण समस्या झेल्नुपरेको थियो। स्नातक पढ्दै गर्दा उनले आफ्नो व्यवसायको थालनी गरेका थिए ।

शमशीर भायलील, भीपीएस हेल्थ केयर

युवा अर्बपतिहरूको सूचीमा तेस्रो स्थानमा रहेका ४१ वर्षीय शमशीर भायलील भीपीएस हेल्थ केयरका सञ्चालक हुन् । उनी फोर्ब्सको सूचीमा ९८ औँ स्थानमा छन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति एक अर्ब ५४ करोड डलर अर्थात् ११, ३६९ करोड भारु बराबरको छ । सन् २००७ मा एउटा अस्पतालबाट व्यवसाय थालेका शमशीरले भारतबाहेक संयुक्त अरब एमिरेट्स र ओमानमा आफ्नो व्यवसाय विस्तार गरिसकेका छन् । केरलामा जन्मिएका शमशीरले संयुक्त अरब एमिरेट्समा एक रेडियोलोजिस्टका रूपमा काम थालेका थिए । एक वर्ष जागिर खाएपछि उनले अस्पताल स्थापना गरे । हालै केरलाका बाढीपीडितका लागि उनले ५० करोड भारु सहयोग गर्ने घोषणा गरेका थिए । समीर गहलोत, इन्डियाबुल्स ग्रुप दिल्लीको हौजखास क्षेत्रमा जस्ताको छाना भएको घरबाट कार्यालयबाट व्यवसाय थालेका समीर गहलोत भारतका सबैभन्दा सम्पन्न युवा हुन् । चवालीस वर्षीय समीर ‍इन्डियाबुल्स ग्रुपका संस्थापक अध्यक्ष हुन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति चार अर्ब दुई करोड डलर अर्थात् ३०, ९२५ करोड भारु बराबरको छ । भारतका शीर्षस्थ अर्बपतिको सूचीमा उनी २९ औँ स्थानमा परेका छन् । मेकानिकल इन्जिनिरिङ पढेका हरियाणाका समीर जागिर खान विदेश गए। दुई वर्षपछि स्वदेश फर्केर एउटा \'ब्रोकरिङ\' कम्पनी सस्तोमा किने । त्यससँगै उनले घरजग्गा कारोबारलाई पनि अगाडि बढाए र सफलता पाउँदै गए ।

डा. रञ्जन पई, मणिपाल ग्रुप

डा. रञ्जन पई भारतको चिकित्साक्षेत्रको चिरपरिचित नाम हो। मणिपाल एडुकेशन एण्ड मेडिकल ग्रुपका अध्यक्ष भारतीय अर्बपतिहरूको सूचीमा ८६ औँ स्थानमा रहेका छन् । फोर्ब्सका अनुसार ४५ वर्षीय रञ्जनको सम्पत्ति एक अर्ब ८६ करोड डलर अर्थात् १३,७०५ करोड भारु बराबरको छ । मलेशियाको मेलका मणिपाल मेडिकल कलेजको व्यवस्थापक निर्देशकका रूपमा काम थालेका रञ्जनले विस्तारै सफलताको बाटो तय गर्दै गए । मणिपाल ग्रुपअन्तर्गत छवटा मेडिकल कलेज र १६ वटा अस्पताल सञ्चालनमा छन् । भारतबाहेक नेपाल, मलेशिया, दुबई र एन्टिगुवामा सो समूहका मेडिकल कलेज छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending