Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

विप्लव माओवादीमय मच्छेगाउँ !

काठमाडाैं, ‘भूकम्पीय विध्वंसलाई निर्माणमा बदलौं ! विपत्तिलाई समृद्धिको आधार बनाऔं !!’ भन्ने नाराका साथ आइतबार चौथो दिन पनि काठमाडौँ जिल्लाको पश्चिमी भेगमा रहेको चन्द्रागिरि नगरपालिकाअन्तर्गत मच्छेगाउँ क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पुनर्निर्माण अभियान जारी राखेको छ । वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछि विभिन्न चरणमा आएका ठूलठूला पराकम्पनबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको व्यवस्थापन, पुनर्निर्माण, नवनिर्माणलगायतका काममा नेकपा माओवादी र सो पार्टीआबद्ध जवस–मोर्चाहरू सक्रिय रहेका छन् । पुरातात्विक, सांस्कृतिक तथा आदिवासीहरूको प्राचीन नगरी यो क्षेत्रमा भूकम्पले पु¥याएको क्षतिलाई कुनै शब्दमा व्यक्त गर्न सकिँदैन । भूकमपबाट प्रभावित १७ वटै जिल्लामा नेकपा माओवादी टिमबद्ध भएर जनताको सेवा गरिरहेको छ । यसै सन्दर्भमा यो अभियान टोली राजधानीको मच्छेगाउँ क्षेत्रमा सक्रिय रहेको हो । स्थानीय युवा समाजसेवीहरू समेत सहभागी रहेको करिब ८० जनाको एकीकृत र केन्द्रीकृत यो अभियानको पहिलो दिन नेकपा माओवादीका स्थायी समिति सदस्य धमेन्द्र बास्तोला पनि दिनभर अभियानमा सक्रिय रहे । माओवादीको जनताको सेवा गर्ने यस किसिमको तरिकालाई स्थानीय वासिन्दाले निकै सराहना गरेको पाइएको छ । माओवादीको यो कामबाट जनता खुसी छन्, टिममा सहभागी सदस्यहरू उत्साहका साथ श्रमकार्यमा लागिरहेका छन् । क्षतिग्रस्त कयौं घरहरूबाट सामान सुरक्षित तवरबाट निकालेर उचित व्यवस्थापन गरिएको छ भने करिब ३० वटा जटिल प्रकृतिका क्षतिग्रस्त घरलाई भत्काएर त्यसका सामानको उचित व्यवस्थापन गरिएको छ । राष्ट्रिय युवा जनस्वयम्सेवकको नेतृत्वमा यहाँ २ सय १० वटा त्रिपाल पनि वितरण गरिएको छ । यो अभियान टोलीको काम र जनशैलीबाट स्थानीय जनता निकै प्रभावित भएका छन् । यो टोलीको कामबाट प्रभावित भएर अन्य क्षेत्रका भूकम्पबाटपीडित जनताले आफ्नो ठाउँमा पनि आइदिन गरिएका अनुरोध तीब्र हुँदै गएको छ । माओवादीले यो अभियानमा साथ दिन सबैमा अनुरोध पनि गरेको छ । यो टोलीमा नेकपा माओवादी जिल्ला पार्टी सङ्गठन समिति काठमाडौं, राष्ट्रिय युवा जनस्वयम्सेवक, अखिल (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, क्रान्तिकारी पत्रकार संगठन, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, राष्ट्रिय उद्योग व्यापार महासङ्घ र स्थानीय युवा समाजसेवीहरू सहभागी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending