Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

महामारी फैलँदैन : महाशाखा

काठमाडौँ, वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा महामारी फैलिने खतरा नभएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नेपालमा सरुवा रोगको हालको अवस्था र गर्मी तथा वर्षा ऋतुमा देखिने स्वास्थ्य समस्याका बारेमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा महाशाखाले सो जानकारी दिएको हो । महाशाखाले इवोला रोगसम्बन्धी हालको स्थिति र स्वाइनफलु वा इन्फलुएन्जा एच १ एन १ को स्थितिका बारेमा अन्तरक्रिया कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रका १४ जिल्लामा ५४ वटा नमुना संकलन गरी परीक्षण गर्दा एउटा नमुनामा मात्र माइल्ड किसिमको बी पोजिटिभ पाइएको जनाएको छ । महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले मौसम परिवर्तनको समय भएकाले खानाबाट सिर्जित रोग, मासु, जङ्गली च्याउ, दूधको खानपिन तथा सर्पको डसाइका रोगहरु बढी फैलिन सक्ने भएकाले यसतर्फ सजग र सचेत हुनुपर्ने औँल्याए । उनले बाँके, बर्दिया र कैलालीमा बाहेक अन्य जिल्लामा लू नचलेको र लू चलेको बेला घरमा बस्ने, आराम गर्ने तथा पानी प्रशस्त पिउनुपर्ने सल्लाह दिए । डा. मरासिनीले लाइबेरियामा नेपाली सेना धेरै रहेकाले इबोला भाइरस भित्रिन सक्ने खतरा कायम रहेको भन्दै बेलामा सरकार सचेत हुनुपर्ने औंल्याए । गिनी, सिएरालियोन र लाइबेरियासहित १० मुलुकमा इबोला भाइरस फैलिए पनि नेपालमा हालसम्म यसको प्रभाव नपरेको जानकारी दिँदै तर ढुक्क हुने स्थिति भने नरहेको उनले उल्लेख गरे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले भूकम्पप्रभावित क्षेत्रका १४ जिल्लामा ५४ वटा नमुना सङ्कलन गरी परीक्षण गर्दा एउटा नमुनामा मात्र माइल्ड किसिमको बी पोजिटिभ पाइएको जानकारी दिइन् । उनले नेपालमा हालसम्म इबोला भाइरसको खतराको स्थिति नरहेको जानकारी दिइन् । डा. शाक्यले इन्फ्लुएन्जा ए, वि र सीको विभिन्न नमुना सङ्कलन गरी विश्व स्वास्थ्य सङ्गठनमा पठाइएकोमा तीनवटा नमुनामा नकारात्मक देखिएको जानकारी दिइन् । विश्व स्वास्थ्य सङ्गठनका डा. केशव योगीले मध्य अफ्रिका, पूर्वी अफ्रिका, पश्चिम अफ्रिकामा मानिसबाट मानिसमा इबोला भाइरस महामारीका रुपमा फैलिएको जानकारी दिँदै गिनी, सिएरालियोन र लाइबेरियासहित १० मुलुक यसबाट विशेष प्रभावित भएको जानकारी दिए । कार्यक्रममा जनस्वास्थ्य अधिकृत भीम सापकोटा र गोकर्ण नेपालले पनि स्वास्थ्य क्षेत्रका विभिन्न समस्यामाथि प्रकाश पारे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending