Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

महामारी फैलँदैन : महाशाखा

काठमाडौँ, वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा महामारी फैलिने खतरा नभएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नेपालमा सरुवा रोगको हालको अवस्था र गर्मी तथा वर्षा ऋतुमा देखिने स्वास्थ्य समस्याका बारेमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा महाशाखाले सो जानकारी दिएको हो । महाशाखाले इवोला रोगसम्बन्धी हालको स्थिति र स्वाइनफलु वा इन्फलुएन्जा एच १ एन १ को स्थितिका बारेमा अन्तरक्रिया कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रका १४ जिल्लामा ५४ वटा नमुना संकलन गरी परीक्षण गर्दा एउटा नमुनामा मात्र माइल्ड किसिमको बी पोजिटिभ पाइएको जनाएको छ । महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले मौसम परिवर्तनको समय भएकाले खानाबाट सिर्जित रोग, मासु, जङ्गली च्याउ, दूधको खानपिन तथा सर्पको डसाइका रोगहरु बढी फैलिन सक्ने भएकाले यसतर्फ सजग र सचेत हुनुपर्ने औँल्याए । उनले बाँके, बर्दिया र कैलालीमा बाहेक अन्य जिल्लामा लू नचलेको र लू चलेको बेला घरमा बस्ने, आराम गर्ने तथा पानी प्रशस्त पिउनुपर्ने सल्लाह दिए । डा. मरासिनीले लाइबेरियामा नेपाली सेना धेरै रहेकाले इबोला भाइरस भित्रिन सक्ने खतरा कायम रहेको भन्दै बेलामा सरकार सचेत हुनुपर्ने औंल्याए । गिनी, सिएरालियोन र लाइबेरियासहित १० मुलुकमा इबोला भाइरस फैलिए पनि नेपालमा हालसम्म यसको प्रभाव नपरेको जानकारी दिँदै तर ढुक्क हुने स्थिति भने नरहेको उनले उल्लेख गरे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. गीता शाक्यले भूकम्पप्रभावित क्षेत्रका १४ जिल्लामा ५४ वटा नमुना सङ्कलन गरी परीक्षण गर्दा एउटा नमुनामा मात्र माइल्ड किसिमको बी पोजिटिभ पाइएको जानकारी दिइन् । उनले नेपालमा हालसम्म इबोला भाइरसको खतराको स्थिति नरहेको जानकारी दिइन् । डा. शाक्यले इन्फ्लुएन्जा ए, वि र सीको विभिन्न नमुना सङ्कलन गरी विश्व स्वास्थ्य सङ्गठनमा पठाइएकोमा तीनवटा नमुनामा नकारात्मक देखिएको जानकारी दिइन् । विश्व स्वास्थ्य सङ्गठनका डा. केशव योगीले मध्य अफ्रिका, पूर्वी अफ्रिका, पश्चिम अफ्रिकामा मानिसबाट मानिसमा इबोला भाइरस महामारीका रुपमा फैलिएको जानकारी दिँदै गिनी, सिएरालियोन र लाइबेरियासहित १० मुलुक यसबाट विशेष प्रभावित भएको जानकारी दिए । कार्यक्रममा जनस्वास्थ्य अधिकृत भीम सापकोटा र गोकर्ण नेपालले पनि स्वास्थ्य क्षेत्रका विभिन्न समस्यामाथि प्रकाश पारे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending