Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

इन्स्टाग्राममा 'बच्चा बेच्न राख्ने' चार पक्राउ

सामाजिक सञ्जाल प्रयोग गरेर बच्चाको अवैध व्यापार गर्न खोजेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ। इन्डोनेशियामा एउटा परिवार कल्याण संस्थाको नाममा खोलिएको इन्स्टाग्राम खातामा गर्भवती महिला, अल्ट्रासाउन्ड स्क्यान र बच्चाहरूको तस्बिर प्रेषित गरिएका थिए। सुरबायाका प्रहरीका अनुसार ह्वाट्स्यापमार्फत् सम्पर्क गर्न भनेर सम्भावित ग्राहकलाई टेलिफोन नम्बर पनि उपलब्ध गराइएको थियो। प्रहरीका अनुसार बच्चा बेच्न लागेको एउटा घटना उनीहरूले हुन दिएनन् भने बेचिएको अर्को बच्चाको खोजी भइरहेको छ। कसरी हुन्छ किनबेच ? सुरबायाका प्रमुख गुप्तचर अधिकारीले एउटा स्थानीय सञ्चारमाध्यमलाई धर्मसन्तान पाल्ने इच्छा भएका व्यक्तिले त्यो खातामार्फत् सो समूहलाई सम्पर्क गर्ने र ह्वाट्स्यापबाट लेनदेनको सहमति हुने गरेको बताएका छन्। सो समूहले इन्स्टाग्राममा आफूलाई पारिवारिक समस्या समाधान गर्न सेवा प्रदान गर्ने संस्थाका रूपमा चिनाएको डेटिक न्यूज वेब्साइटले जनाएको छ। सात सय फलोअर रहेको सो खातामा अनुहार धमिलो बनाइएका बच्चाका तस्बिरसँगै तिनको उमेर, स्थान र धर्मबारे जानकारी राखिएको छ। बच्चा लेनदेनका लागि दुई पक्षबीच भएको भन्ठानिएको सम्वादका तस्बिर पनि प्रेषित गरिएको छ। एउटा तस्बिरमा एउटी महिलाले आफू सात महिनादेखि गर्भवती रहेको तर परिवारले यसबारे थाहा नपाओस् भन्ने चाहेको बेहोरा भएको सम्वाद पनि देखिन्छ। अर्को पोस्टमा एउटी गर्भवती महिलाको तस्बिर र ठेगाना दिएर बच्चा पाल्न इच्छुक व्यक्तिले उनीसँग सम्पर्क गर्न भनिएको छ। तर बच्चा किन्ने र बेच्ने कुरा भने कतै उल्लेख गरेको भेटिँदैन। बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले गत सेप्टेम्बर ५ मा हुन लागेको बच्चा किनबेचको एउटा घटना रोक्दै चार जनालाई पक्राउ गरेको जनाएको थियो। प्रहरीका अनुसार एउटी २२ वर्षीया महिलाले आफ्नो ११ महिने बच्चा बेच्न खोजेकी थिइन्। बच्चा किन्न खोज्ने मानिसले उनलाई एक करोड पचास लाख इन्डोनेशियाली रुपियाँ अर्थात् झन्डै ९८५ डलर, एउटा मध्यस्थकर्तालाई ५० लाख रुपियाँ र सो इन्स्टाग्राम खाता सञ्चालक भनिएका एक व्यक्तिलाई २५ लाख रुपियाँ दिनुपर्ने थियो। सो कारोबारमा संलग्न भएका भनिएका चारै जनालाई पक्राउ गरिएको र बालसंरक्षण कानुन उल्लङ्घनको अभियोगमा उनीहरूलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ। \'नयाँ शैली\' इन्डोनिशियाको बालसंरक्षण आयोगकी उपाध्यक्ष रिता प्रानवतीले पहिला पनि बच्चा तस्करीको घटनाहरू भएका बीबीसीलाई बताएकी छन्। उनी भन्छिन्, \"तर इन्स्टाग्रामबाट हुनु भनेको दुर्लभ हो। यो नयाँ शैली हो।\" किन्ने मान्छेको उद्देश्य स्पष्ट नभए पनि प्रानवतीका अनुसार पाल्ने रहर भएका मानिसले अवैध रूपमै भए पनि बच्चा लिन्छन्। तर कम उमेरमै यौनव्यवसायमा लगाउन पनि बच्चा पाल्ने गरिएका घटना पाइएको उनी बताउँछिन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending