साउदी अरेबिया र टर्कीका नेताहरूले साउदी पत्रकार जमाल खशोग्गी बेपत्ता भएको विषयमा टेलिफोनमा कुराकानी गरेका छन्।
साउदी सरकारका आलोचक रहिआएका खशोग्गी अक्टोबर २ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएदेखि बेपत्ता भएका हुन्। टेलिफोन कुराकानीमा साउदी अरेबियाका राजा सलमानले टर्कीसँग आफ्नो देशको सम्बन्ध बलियो रहेकोमा जोड दिएका छन्। टर्कीले खशोग्गी बेपत्ता भएकोबारे सत्यतथ्य बाहिर ल्याउन साउदी अरेबियालाई भनिरहेको छ। यसैबीच ब्रिटेन, जर्मनी र फ्रान्सले खशोग्गी बेपत्ता भएको विषयमा एउटा \'विश्वसनीय\' अनुसन्धान गर्न माग गरेका छन्। ती देशका विदेशमन्त्रीहरूले दोषी ठहरिने जोसुकैलाई न्यायको कठघरामा उभ्याइनुपर्ने बताएका छन् र घटनाबारे विस्तृत जवाफ दिन रियादलाई आग्रह पनि गरेका छन्। संयुक्त वक्तव्यमा विदेशमन्त्रीहरूले भनेका छन्, \"यस विषयमा संयुक्त प्रयास गर्न हामी साउदी अरेबिया र टर्कीलाई प्रोत्साहित गर्छौँ र साउदी अरेबियाले एक पूर्ण र विस्तृत जवाफ देओस् भन्ने चाहन्छौँ।\" ब्रिटिश विदेशमन्त्री जेरेमी हन्टले भनेका छन्, अब के हुन्छ त्यो पूर्ण रूपमा साउदी अरेबियामाथि निर्भर गर्नेछ। साउदी अरेबियाले इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासमा खशोग्गीको हत्या गरिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। वाणिज्य दूतावासमै खशोग्गीको हत्या गरिएको भन्ने टर्कीका अधिकारीहरूको दावीलाई उसले \'झूट\' भन्ने गरेको छ। साउदी अरेबियाको सरकारी सञ्चारमाध्यमले एउटा स्रोतलाई उद्धृत गर्दै लेखेको छ, राजनीतिक र आर्थिक चेतावनीलाई साउदी अरेबिया अस्वीकार गर्छ र साउदी अधिराज्यविरुद्ध चालिने जुनसुकै कदमको ठूलो जवाफ दिइनेछ। यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खशोग्गीको हत्या साउदी अरेबियाले गरेको पुष्टि भए उसलाई \'दण्डित\' गर्ने बताएका थिए।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: