काठमाडाैं । काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मोटरसाईकल चालक सर्लाहि घर भएका २८ वर्षिय बसन्त ठाकुरको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएका ठाकुरको उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
आज बिहान पौंने ११ वजे सितापाईलाबाट कलंकीतर्फ जाँदै गरेको ना ६ ख १०५६ नम्बरको ट्रकले ना ५५ प ५३८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई महानगरीय प्रहरी बृत कालिमाटीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी काभ्रेको रोशी गाउँपालिका-११ मा आज भारतीय नम्बरको स्कारपियो गाडी र स्कुटर एक आफसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक दोलखाका ३५ बर्षिय रोनाम लामा र उनकी ३० बर्षिया श्रीमती बिमला लामा रहेका छन् ।
आज बिहान सवा ११ बजे काठमाण्डौबाट पुर्वतर्फ जाँदै गरेको बा ७५ प १९४९ नम्बरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियो एक आपसमा ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाईते भएका स्कारपियोमा सवार ४ जना सामान्य उपचार पश्चात डिस्चार्ज भईसकेका छन् । स्कुटरमा सवार एक वालकको भने धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । बालकको अवस्था भने गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ । स्कारपियो चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: