Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेताहरुलाई तथानाम गाली गर्ने यी कनकमणि पत्रकार हुन् कि राजनीतिकर्ता ?

काठमाडौं, पत्रकारको रुपमा रहेका कनकमणि दीक्षित भूकम्प अवधिभर बेपत्ता भए । आक्कलझुक्कल भूकम्पका फोटो \'शेयर\' गरेर बसेका उनै दीक्षित जब नेतृत्व तहमा राजनीतिक बहस हुन थाल्यो, तब मैदानमा आइहाले । प्रायः माओवादी सम्बन्धित विषयहरुमा कांग्रेस र एमालेका राजनीतिकर्ताभन्दा पनि चर्को विरोधमा आइहाल्ने उनै दीक्षित फेरि एक पटक राजनीतिक मैदानमा देखापरेका छन् । दीक्षितले सोमबार साँझ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता बाबुराम भट्टराइको फोटोसहित गालीगलौज गरेका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्– ‘जसले स्थानीय सरकार बन्नमा निरन्तर भाँजो हाल्दै भूकम्पको दुःखमा नून/खुर्सानी छर्के, उनैलाई राष्ट्रिय सरकार बनाउन दौडधुपको इजाजत ? एमाले/कांग्रेस शीर्षस्थका आँखा/कान छैनन् ?’ उनले एमाले/कांग्रेसका नेताहरुलाइ ठाडै यसरी हप्काउने अधिकार कताबाट पाए ? उनलाई राजनीतिका बारेमा टीकाटिप्पणी गर्ने अधिकार त होला तर यो गर, उ नगर भनेर मर्यादाविपरीत चल्ने अधिकार हुन्छ र ? माओवादी आन्दोलन र माओवादी पार्टीहरुको चर्को विरोध मात्रै नभएर तिनलाई सिध्याउनुपर्छ भन्ने मान्यता राख्ने दीक्षितले यसअघि पनि जनयुद्धकालीन थुप्रै मुद्धाहरुलाई उचालेका छन् भने गोरखा फुजेलका नन्दप्रसाद अधिकारीलाई अनशन बस्न लगाइ ज्यान लिएको आरोप समेत उनीमाथि छ । विदेशी आइएनजीओबाट रकम ल्याउने र माओवादी आन्दोलनका विरुद्धमा प्रयोग गर्ने भनेर आरोप लागेका दीक्षित आबद्ध केही संस्थाहरुले विदेशी रकम लिने गरेको तथ्य गएसाल मात्रै सार्वजनिक भएको थियो । प्रायः राजनीतिक मुद्धाहरुमा राजनीतिक कार्यकर्ताभन्दा चर्को रुपमा प्रस्तुत हुने दीक्षित पत्रकार हुन् कि राजनीतिक कार्यकर्ता ? छुट्याउन गाह्रो छ ।  यसरी एक राजनीतिक दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरुलाई सार्वजनिक रुपमा घृणित गाली गर्न पत्रकारिता पेशा तथा मर्यादाले दिन्छ कि दिँदैन ? यसको जवाफ स्वयम् उनी आवद्ध संस्थाले देओस् । नत्र समग्र पत्रकारिता क्षेत्र नै बदनाम हुने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending