Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

भूकम्पअघि नै सरकारको पूर्व तयारी थियो: गृह मन्त्रालय

काठमाडौँ, भूकम्पपछिको विपद् व्यवस्थापन गर्न सरकारले कुनै तयारी नगरेको भन्ने गुनासो आइरहेका बेला सरकारले भने त्यसका लागि आवश्यक नीतिगत, संरचनागत र व्यवस्थापकीय तयारी गरेको जिकिर गरेको छ । गत वैशाख १२ को भूकम्प आउनुअघि नै आठ दश वर्षभित्रमा काठमाडौँ वा वरपर केन्द्रबिन्दु बनाएर ८ रेक्टर स्केलसम्मको भूकम्प आउँछ भन्ने जोखिमलाई ध्यानमा राखी खोज तथा उद्धार क्षमता विस्तार गरिएको गृह मन्त्रालयले जनाएको छ । ‘विपत्तिको तयारीका लागि भूकम्पअघि नै नेपाल प्रहरीमा छुट्टै विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरीमा विपद् व्यवस्थापनसम्बन्धी तालिम केन्द्र सञ्चालन सुरु गरिसकिएको थियो,’ गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गालले भने । त्यस्तै नेपाली सेनामा यसअघि नै विपद् व्यवस्थापन महानिर्देशनालय क्रियाशील छ । काठमाडौँको बस्ती घना र अव्यवस्थित छ । काठमाडौँ उपत्यकामा झन्डै ४० लाख मानिस बस्छन् । काठमाडौँ महानगरमा करिब दुई लाख ३० हजार घरधुरी छ । काठमाडौँमा चार लाख ३६ हजार ३४४, भक्तपुरमा ६८ हजार ६३६ र ललितपुर जिल्लामा एक लाख नौ हजार ७९७ घरधुरी छ । महाशाखा प्रमुख दङ्गालले भने – ‘भूकम्पबाट हुनसक्ने क्षतिलाई ध्यानमा राखी महाशाखाले राजधानीका ८३ खुला स्थानलाई विशेष क्षेत्र तोकी सो स्थानमा पानी तथा अन्य सामग्रीको व्यवस्थापन गरिसकेको थियो ।’ तीन महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता कक्ष स्थापना भयो । त्यस्ता मानवीय कक्ष खुमलटार र त्रिविमा तयार भइसकेका छन् । भक्तपुरमा भने बनाउने योजना थियो । सरकारले विपत्तिमा अन्तर्राष्ट्रिय सहयोग कसरी लिने भन्नेसम्बन्धी राष्ट्रिय विपद्प्रति कार्यान्वयन ढाँचा लागू गरेको थियो । महाशाखा प्रमुख दङ्गालले भने – ‘विपदमा खोज र उद्धारमा आउने विदेशी सेनासँग समन्वयार्थ सेनाको नेतृत्वमा बहुराष्ट्रिय सेना समन्वय केन्द्रको प्रावधान छ ।’ गृह मन्त्रालयअन्तर्गत गठित राष्ट्रिय आपत्कालीन उद्धार केन्द्रको स्थापनाले भूकम्पपछि २४सै घन्टा आवश्यक उपकरणका साथ सुरक्षित रुपमा काम गर्न सकिएको मन्त्रालयको भनाइ छ । त्यस्तै ५५ जिल्लामा जिल्ला आपत्कालीन उद्धार केन्द्र स्थापना भइसकेको छ । ‘विपद्का बेला मुलुकमा रेडक्रससँग रहेका २० हजार थान त्रिपाल मात्र भएकाले सरकारलाई त्रिपालको व्यवस्थापन गर्न कठिनाइ भयो, प्रायः विपदमा त्यसैले काम चल्ने भएकाले त्यसमा खासै तयारी नभएकाले वैशाख १२ को विपद्पछि युद्धस्तरमा खोजी गरी पूर्ति गरियो,’ उनले भने । विपदमा आवश्यक पर्ने खाद्य सामग्रीको पूर्ति गर्न महाशाखाले सार्क खाद्य सुरक्षा बैंकका लागि नेपालको खाद्य संस्थानले राखेको जगेडा खाद्य सामग्री र बजारमा उपलब्ध सामानले पूर्ति गर्ने योजना बनाएको थियो । विपद् व्यवस्थापन ऐन अन्योलमा यद्यपि विपद् व्यवस्थापनसम्बन्धी नयाँ ऐन निर्माणका लागि व्यवस्थापिका–संसदमा दुई पटक मस्यौदा लैजाँदा समेत पारित हुन सकेको छैन । ‘पहिलो संविधानसभामा छलफल गर्दा गर्दै विघटन भयो, दोस्रोमा पनि पेस भइसक्यो तर पारित भएको छैन,’ दङ्गालले भने । हाल दैवीप्रकोप उद्धार ऐन २०३९ बाट विपद् व्यवस्थापनको काम भइरहेका छन् । भूकम्पपछिको अवस्थामा पनि सरकारले स्रोत साधनले भ्याएसम्म राहत तथा उद्धार गरिएको जानकारी महाशाखाले दिएको छ । विश्वका जुनसुकै मुलुकले पनि यस्तो महाविपद् तथा जटिल भूगोलमा यसभन्दा बढी खोज तथा उद्धार गर्न नसकिने जिकिर महाशाखाको छ । सरकारले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क र तीव्रताका साथ उद्धार एवम् उपचारको व्यवस्था गरेको छ । ‘राहत वितरणमा सरकारले एकद्वार प्रणाली लागू गर्न खोजेको तर स्वार्थका लागि केही वर्ग र संस्थाले त्यसलाई नटेरेकाले समस्या भएको थियो । परिणामस्वरुप कहीँ राहत लिन नसकिने गरी थुप्रियो भने कहीँ राहत पु¥याउन कठिन भयो,’ दङ्गालले भने । वर्षायामसँगै आउने बाढीपहिराको प्रकोपसँग जुध्न सरकारले आवश्यक मात्रामा त्रिपाल, म्याट्रेस, खाद्यान्नलगायत सामग्रीको व्यवस्थापन गरी सम्भावित क्षेत्रमा अवरुद्ध बाटो खुलाउने ठूला उपकरणसमेत राखिसकेको छ । सशस्त्र प्रहरीलाई बाढीबाट हुने डुबानमा उद्धारका लागि रबरका चार डुङ्गा किन्न स्वीकृति दिइसकेको छ । सरकारले आजसम्म भूकम्प प्रभावित जिल्लामा राहतका लागि रु सात अर्ब ८५ करोड ८३ लाख निकासा गरिसकेको जनाइएको छ । गोरखा भूकम्पले हालसम्म आठ हजार ६९९ जनाको निधन तथा २२ हजार चार सय ८९ जना घाइते भएका छन् । सर्वसाधारणका पाँच लाख तीन हजार ७३४ घर पूर्ण रुपमा र दुई लाख ७५ हजार २३१ घर आंशिक क्षति भएका छन् । एक हजार ३६० सरकारी भवन पूर्ण रुपमा र तीन हजार ४२४ भवनमा आंशिक क्षति पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy