Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

साउदी राजकुमारले भने-खशोग्जी खतरनाक इस्लामिस्ट, फोनमा के भएको थियो कुराकानी ?

साउदी राजकुमार मोहम्मद बिन सलमानले हत्या गरिएका पत्रकार जमाल खशोग्जी \'खतरनाक इस्लामिस्ट\' भएको दाबी अमेरिकासँग गरेका विवरणहरू प्रकाशित भएका छन्।

साउदी अरेबियाले बेपत्ता भएका खशोग्जीको हत्या भएको स्वीकार गर्नुअघि राजकुमार मोहम्मदले फोनबाट ह्वाइट हाउसलाई त्यसो भनेको बताइएको छ। तर साउदी अरेबियाले वाशिङ्टन पोस्ट र न्यू योर्क टाइम्समा प्रकाशित विवरणहरूको खण्डन गरेको छ। अमेरिकी सञ्चारमाध्यमका लागि काम गर्ने साउदी नागरिक खशोग्जी साउदी शासकका आलोचक थिए। टर्की, अमेरिका र साउदी अरेबियाले खशोग्जीको हत्या गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा भएको मानेका छन्। तर उनको शरीर अझै भेटिएको छैन। आफ्नो देशको राजपरिवार उनको हत्यामा संलग्न नभएको दाबी साउदी अरेबियाले गरेको छ। उसले तथ्य पत्ता लगाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। केही हप्ताअघि राजकुमार मोहम्मदले सो घटनालाई \'अपराध\' भन्दै त्यसबाट सबै साउदीलाई पीडा भएको बताएका थिए। फोनमा के कुरा भयो ? वाशिङ्टन पोस्टका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनसँगको फोनवार्तामा राजकुमार मोहम्मदले खशोग्जी मुस्लिम ब्रदरहुड नाम गरेको अन्तर्राष्ट्रिय इस्लामिक सङ्गठनका सदस्य भएको दाबी गरेका थिए। खशोग्जी बेपत्ता भएको एक हप्तापछि अक्टोबर ९ मा सो कुराकानी भएको बताइएको छ। मोहम्मदले अमेरिका र साउदी अरेबियाको गठबन्धन जोगाउन ह्वाइट हाउसलाई आग्रह पनि गरेको बताइएको छ। खशोग्जीको परिवारले सो पत्रिकालाई एउटा विज्ञप्ति पठाउँदै खशोग्जी आफैँले बारम्बार त्यस्तो आरोप अस्वीकार गरेका थिए भन्दै उनी मुस्लिम ब्रदरहुडको सदस्य थिए भन्ने दाबीको खण्डन गरेको छ। \"जमाल खशोग्जी कुनै पनि रूपमा खतरनाक व्यक्ति थिएनन्। त्यसविपरीत दाबी गरिनु निरर्थक हुन्छ,\" विज्ञप्तिमा भनिएको छ।

अहिलेसम्मको अनुसन्धानबाट के ?

खशोग्जीको मृत्यु कसरी भयो भन्ने विषयमा एक मत छैन। टर्कीकी महिला हाथिजे जेङ्गिजसँग विवाह गर्न कागजपत्र मिलाउन उनी आफ्नो देशको इस्तानबुलस्थित वाणिज्यदूतावास गएका थिए। त्यहाँ प्रवेश गर्नासाथ खशोग्जीको घाँटी थिचेर हत्या गरिएको र उनको शरीर पूर्वयोजनानुसार टुक्राटुक्रा पारिएको दाबी बुधवार टर्कीले गरेको थियो। टर्कीका सञ्चारमाध्यमले यसअघि खशोग्जीलाई यातना दिइएको विवरण प्रकाशित गरेका थिए। साउदी अरेबियाले खशोग्जीको मृत्युबारे आफ्नो बोली फेरेको छ। उसले खशोग्जी साउदी वाणिज्यदूतावासबाट आफैँ बाहिर गएको दाबी गरेको थियो। पछि उसले उनको हत्या भएको स्वीकार्‍यो। योजनाबद्ध रूपमै भएको सो हत्यामा सरकारी पक्ष वा राजपरिवारको संलग्नता भने नरहेको उसको दाबी छ। सो घटनामा संलग्न भएको भन्दै १८ जना सन्दिग्ध व्यक्तिलाई समातिएको छ। उनीहरूलाई साउदी अरेबियामै मुद्दा चलाइने बताइएको छ तर टर्कीले उनीहरूलाई इस्तानबुललाई सुम्पिनुपर्ने माग राखेको छ। टर्कीले खशोग्जीको हत्यामा साउदी अरेबियालाई सोझै आरोप लगाएको छैन। गत हप्ता राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले साउदी राजा सलमानसँग कुरा गरेका थिए। उनीहरूबीच सो घटनाको अनुसन्धानमा सहयोग गर्ने सहमति भएको थियो।

अरू राष्ट्र के भन्छन् ?

खशोग्जी हत्या प्रकरणका कारण साउदी अरेबियाले आलोचना खेप्नु परेको छ। उससँग सहकार्य गरिरहेका राष्ट्रले पनि त्यस विषयमा उत्तर खोजेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियाको भनाइसँग आफू सन्तुष्ट हुन नसकेको जनाएका छन्। तर साउदी अरेबियासँगको हतियार बिक्रीको लोभलाग्दो सम्झौता गुमाउन आफूले नचाहेको उनले बताउँदै आएका छन्। बिहीवार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले खशोग्जीको हत्यामा संलग्नहरूलाई प्रतिबन्ध लगाउन अमेरिकालाई पर्याप्त जानकारी सङ्कलन गर्न केही हप्ता लाग्ने बताएका थिए। एउटा स्थानीय रेडियोमा बोल्दै उनले अमेरिका र साउदी अरेबियाबीच गहिरो र दीर्घकालीन रणनीतिक सम्बन्ध रहेको र त्यो कायम राख्न अमेरिकाले प्रयास गर्ने बताएका छन्। फ्रान्सका विदेशमन्त्रीले खशोग्जीको मृत्युको घटना एउटा निन्दनीय अपराध भएको टिप्पणी गरेका छन्। फ्रान्स साउदी अरेबियासँगको आर्थिक सम्बन्धमा फ्रान्स निर्भर नरहेको भन्दै उनले प्रतिबन्ध लगाउने सङ्केत दिएका छन्। तर त्यसबारे विस्तृत विवरण दिइएको छैन। यूकेका विदेशमन्त्रीले सो घटनाले साउदी अरेबियालाई विभिन्न विषयमा दबाब दिन अमेरिका र यूकेलाई अवसर दिएको हुनसक्ने टिप्पणी व्यक्त गरेका छन्। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies