Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

बूढीगण्डकी आयोजना क्षेत्रका बस्तीको पुनर्वास गराउने प्रमको आश्वासन

काठमाडौं, प्रधानमन्त्री सुशील कोइरालाले प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका बासिन्दालाई उचित मुआब्जा दिई पुनर्वास गराउने कार्यलाई उच्च प्राथमिकता दिइने बताएका छन् ।

भूकम्पपीडितलाई राहत तथा पुनःस्थापनासम्बन्धी माग लिएर सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको नेपाली कांँग्रेस गोरखाका प्रतिनिधिसँग प्रधानमन्त्री कोइरालाले सो आश्वासन दिएका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य एवम् सभासद् कमला पन्तको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले बूढीगण्डकी आयोजना निर्माण हुँदा डुबानमा पर्र्ने घर पनि हालै गएको भूकम्पमा भत्केकाले ती घरको पुनःनिर्र्माण र मर्मतसम्भारमा तत्काल खर्च दिई पुनःस्थापना गरिएमा आयोजना सञ्चालन गर्ने समयमा जग्गा अधिग्रहण गर्दा पुनः मुआब्जा दिँदा सरकारलाई दोहोरो आर्थिक भार पर्न जाने सुझाव दिएको थियो । प्रतिनिधिमण्डलले अहिले नै राहत रकम र डुबानयोग्य क्षेत्रको मुआब्जा प्रदान गरी प्रभावित स्थानीयवासीको पुनर्वास गर्न आग्रह गर्दै भूकम्पले तहसनहस भएका बस्ती, ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वकास्थल, विद्यालय स्वास्थ्य चौकी र सरकारी भवनका साथै खानेपानी सडक र सिँचाइ जस्ता पूर्वाधारको पुनःनिर्माणको विषय पनि प्रस्तुत गरेको थियो । प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भूकम्पले क्षतिग्रस्त आरुटार, थापाटार मुच्चोक, मान्बुबेसीलगायत सिँचाइ आयोजनाको पुनःनिर्माण र मर्मत हुन नसक्ने स्थानमा वैकल्पिक व्यवस्था गर्न, गोरखकाली र मनकामनालगायत मन्दिरको शीघ्र संरक्षणको व्यवस्था गर्न, ध्वस्त बस्तीको एकीकृत र व्यवस्थित बसोबासका लागि गुरुयोजना तयार पार्न, मनास्लु र चुमभ्याली जस्ता पर्यटकीय स्थान जाने मार्ग खोल्नका लागि उच्च प्राथमिकता दिन, हिमाली क्षेत्रका लागि राहत र जस्तापाता लैजानका लागि आरुघाटमा हेलिकप्टर तैनाथ अवस्थामा राख्न र भूकम्पपीडितलाई अस्थायी आवासका लागि दिइने रु एक हजार ५०० पीडितको हातमा पु¥याउन थप कर्मचारी खटाउने व्यवस्था गर्न माग गरेको थियो । एक हजार २०० मेगावाट क्षमतामा विकास गर्ने लागिएको नेपालको हालसम्मको सबैभन्दा ठूलो बूढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन निर्माण सकिएको छ । आयोजनाको विस्तृत अध्ययन गरिरहेको फ्रान्सको ट्याकवेल कम्पनीले सो आयोजनाबाट विस्थापित हुनेलाई प्राथमिकता दिने गरी गोरखाको सिउरेनीटारमा नयाँ सहर बसाल्न सकिने सम्भावना औँल्याएको छ । सम्बद्ध पक्षका अनुसार काठमाडौँं, पोखरा र तराईको मध्यक्षेत्र नारायणगढको बीचमा पर्ने सो क्षेत्रमा सुन्दर सहर बसाउन सकिने छ । सो जलाशय नौका बिहार र पर्यटकीय दृृष्टिले पनि चित्ताकर्षक रहने बताइन्छ । प्रतिनिधिमण्डलमा काँंग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, कांँग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, काँंग्रेस गोरखाका सभापति हरि घले, पूर्वसभासद् जीवनप्रेम श्रेष्ठ, काँग्रेस नेता किरणबाबु मल्ल र मुस्लिम सङ्घ नेपालका केन्द्रीय अध्यक्ष अब्दुल सतारलगायत थिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending