Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अमेरिका र अष्ट्रेलियासम्म सेवा पुर्याउने नेवानि महाप्रबन्धक कंसाकारकाे दावी

काठमाडौँ, नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रबन्धक सुगतरत्न कंसाकारले नेपाली ध्वजाबाहक जहाज अमेरिका र अष्ट्रेलियासम्म पुर्याउने लक्ष्यका साथ काम गर्ने बताएका छन् ।

पत्रकारसँगको भेटमा उनले विश्वका विभिन्न मुलुकमा नेपाली ध्वजाबाहक जहाजले उडान भर्ने तथा बढीभन्दा बढी विदेशी पर्यटकहरु नेपाल भित्र्याउने अर्जुनदृष्टिका साथ आफूले काम गर्ने बताए । उनले भने– \'नेपालको विकास गर्ने हो भने पर्यटन क्षेत्रको विकास जरुरी छ, पर्यटकबाट यहाँका ऐतिहासिक, पुरातात्विक मठ मन्दिर, विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा, नदीनाला, पहाड–पर्वत र हिमालको दृष्यावलोकन तथा ट्रेकिङबाट प्रशस्त पैसा कमाउन सकिन्छ ।\'

आगामी चार वर्षभित्रमा ठूला जहाज खरिद गरेर अमेरिका, अष्ट्रेलियालगायतका विकसित देशमा नेपाली ध्वजाबाहक जहाज उडान गर्ने र अहिलेको भन्दा सयाैं गुणा पर्यटक भित्र्याउने लक्ष्यका लागि अगाडि बढ्ने उनले बताए । एक सय जना विदेशी पर्यटक नेपाल भित्र्याउन सकेमा यहाँका आठ–नौ सय नेपालीले रोजगारी पाउने अवसर रहेको पर्यटन व्यवसाय जबसम्म फष्टाउन सक्दैन तबसम्म मुलुकको विकास सम्भव नभएको उनले बताए । निगमसँग हाल दुई–दुई वटा पुराना र नयाँ गरी चार वटा मात्र जहाज रहेका छन् । नयाँ जहाज नकिनेसम्म विश्वमा नेपालको छवि राम्रो नहुने बताउँदै उनले दिल्ली उडानका लागि तीन वटा र जापान–अमेरिकाका लागि ठूलो बाइडबडी तीन–चार वटा जहाज तत्काल आवश्यक रहेकोमा जोड दिए । अहिले भएका चार वटा विमान प्रभावकारी रुपमा चलाउनका लागि व्यवस्थापनको सुधार गर्नु जरुरी रहेको बताउँदै उहाँले व्यवस्थापन सुधार सँगसँगै नयाँ विमान खरिद गर्ने योजनाका साथ अगाडि बढ्ने बताउनुभयो । निगम अरु संस्थाजस्तो होइन भन्दै उनले पर्यटकसँग गाँसिएकाले पर्यटकलाई लोभ्याउन नयाँनयाँ जहाज थप्दै निगमलाई उचाइमा पुर्याउन आफू लागिपर्ने बताए । \'निगमको व्यापार बढाउनु भनेकै जहाज थप गर्नु हो, जहाज नथपीकन व्यापार बढाउन सकिँंदैन त्यसैले जहाज थपका लागि सरकारको पूर्ण सहयोग रहने विश्वासमा छु\' भन्दै उनले आफूलाई सरकारले विश्वास गरेर नै चार वर्षका लागि पुनः नियुक्त गरेको बताए । यसअघि उनले विसं २०६५ कात्तिक २ गतेदेखि निगमको महाप्रबन्धकमा सात महिना र कार्यकारी अध्यक्षमा २३ महिना काम गर्ने उनलाई पाएका थिए । उनकै कार्यकालमा दुई वटा ठूला न्यारो बडीका जहाज खरिद गर्ने कार्य प्रारम्भ भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending