Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जनसेवामा कन्जुस्याईं नगर्नाेस् : महरा

काठमाडौँ, एकीकृत नेकपा (माओवादी) का महासचिव कृष्णबहादुर महराले मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा जारी राष्ट्रिय श्रम अभियानको अनुगमन गर्दै जनसेवामा कहींकतै कन्जुस्याइँ नगर्न अाफ्ना नेता–कार्यकर्तालाइ निर्देशन दिएका छन् ।

एमाओवादीनिकट अखिल नेपाल ट्रेड युनियन महासङ्घका ४ सयभन्दा बढी नेता तथा कार्यकर्ता बौद्ध, तीनचुलीलगायत क्षेत्रमा क्रियाशील छन् । महासचिव महराले भूकम्पबाट क्षतिग्रस्त घर तथा संरचना हटाउने कामलाई तीव्रता दिन र जनताको सेवा गर्न आग्रह गरे ।

महासचिव महरा नेतृत्वको टोली मंगलबार काठमाडौँ महानगरपालिका– ६, बौद्ध तीनचुलीमा नवराज पुडासैनीको भत्किएको घर तथा संरचना हटाउने काममा सङ्लग्न भयाे । महासचिव महरा एमाओवादीले सञ्चालन गरेको राष्ट्रिय श्रम अभियान २०७२ को काठमाडौँ संयोजक समेत हुन् ।

एमाओवादीका नेता तथा कार्यकर्ताले सो क्षेत्रमा ३ सयभन्दा बढी अस्थायी घर तथा आवासस्थल बनाउने बताएका छन् । सो क्षेत्रमा एमाओवादीका केन्द्रीय सदस्य तथा महासङ्घका अध्यक्ष शालिकराम जमकट्टेलको नेतृत्वमा टोली परिचालित भएको छ ।

यस्तै महासङ्घको झापा जिल्ला समितिले काठमाडौँ महानगरपालिका– ६ मा रहेको जनकल्याण उच्च माविलाई अस्थायी कक्षाकोठा निर्माण गर्न १ हजार थान बाँस उपलब्ध गराएको छ । यस्तै सोही विद्यालयका लागि एमाओवादीले ३० बन्डल जस्तापाता उपलब्ध गराएको छ ।

जस्तापाता र बाँस उपलब्ध भएकाले ३ दिनभित्र अस्थायी संरचना तयार पारिने महासङ्घका महासचिव गणेश रेग्मीले जानकारी दिए । उनका अनुसार इलाम, पाँचथरबाट उपलब्ध भएको बाँस पनि आउने क्रममा छ ।

यस्तै एमाओवादी काठमाडौँ जिल्ला समितिले मंगलबार नन्दीरात्रि माविको भग्नावशेष हटाउने र अस्थायी संरचना निर्माण गर्ने काममा तीव्रता दिएको छ । एमाओवादी काठमाडौँ अध्यक्ष हिमाल शर्माका अनुसार हालसम्म एक हजार अस्थायी आवास निर्माण गरिएका छन् ।

यस्तै विश्वनिकेतन उच्च मावि त्रिपुरेश्वर, धर्मस्थली उच्च मावि, दरबार हाइस्कुल, मानसिंह धर्म उच्च माविलगायत १० विद्यालयको अस्थायी संरचना तयार पारेको उनले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending