Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जनसेवामा कन्जुस्याईं नगर्नाेस् : महरा

काठमाडौँ, एकीकृत नेकपा (माओवादी) का महासचिव कृष्णबहादुर महराले मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा जारी राष्ट्रिय श्रम अभियानको अनुगमन गर्दै जनसेवामा कहींकतै कन्जुस्याइँ नगर्न अाफ्ना नेता–कार्यकर्तालाइ निर्देशन दिएका छन् ।

एमाओवादीनिकट अखिल नेपाल ट्रेड युनियन महासङ्घका ४ सयभन्दा बढी नेता तथा कार्यकर्ता बौद्ध, तीनचुलीलगायत क्षेत्रमा क्रियाशील छन् । महासचिव महराले भूकम्पबाट क्षतिग्रस्त घर तथा संरचना हटाउने कामलाई तीव्रता दिन र जनताको सेवा गर्न आग्रह गरे ।

महासचिव महरा नेतृत्वको टोली मंगलबार काठमाडौँ महानगरपालिका– ६, बौद्ध तीनचुलीमा नवराज पुडासैनीको भत्किएको घर तथा संरचना हटाउने काममा सङ्लग्न भयाे । महासचिव महरा एमाओवादीले सञ्चालन गरेको राष्ट्रिय श्रम अभियान २०७२ को काठमाडौँ संयोजक समेत हुन् ।

एमाओवादीका नेता तथा कार्यकर्ताले सो क्षेत्रमा ३ सयभन्दा बढी अस्थायी घर तथा आवासस्थल बनाउने बताएका छन् । सो क्षेत्रमा एमाओवादीका केन्द्रीय सदस्य तथा महासङ्घका अध्यक्ष शालिकराम जमकट्टेलको नेतृत्वमा टोली परिचालित भएको छ ।

यस्तै महासङ्घको झापा जिल्ला समितिले काठमाडौँ महानगरपालिका– ६ मा रहेको जनकल्याण उच्च माविलाई अस्थायी कक्षाकोठा निर्माण गर्न १ हजार थान बाँस उपलब्ध गराएको छ । यस्तै सोही विद्यालयका लागि एमाओवादीले ३० बन्डल जस्तापाता उपलब्ध गराएको छ ।

जस्तापाता र बाँस उपलब्ध भएकाले ३ दिनभित्र अस्थायी संरचना तयार पारिने महासङ्घका महासचिव गणेश रेग्मीले जानकारी दिए । उनका अनुसार इलाम, पाँचथरबाट उपलब्ध भएको बाँस पनि आउने क्रममा छ ।

यस्तै एमाओवादी काठमाडौँ जिल्ला समितिले मंगलबार नन्दीरात्रि माविको भग्नावशेष हटाउने र अस्थायी संरचना निर्माण गर्ने काममा तीव्रता दिएको छ । एमाओवादी काठमाडौँ अध्यक्ष हिमाल शर्माका अनुसार हालसम्म एक हजार अस्थायी आवास निर्माण गरिएका छन् ।

यस्तै विश्वनिकेतन उच्च मावि त्रिपुरेश्वर, धर्मस्थली उच्च मावि, दरबार हाइस्कुल, मानसिंह धर्म उच्च माविलगायत १० विद्यालयको अस्थायी संरचना तयार पारेको उनले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending