Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यस्तो रहेछ राष्ट्रिय सरकारको खेल

काठमाडौं, भूकम्पले थला परेका नेपाली ब्यूँझन नपाउँदै राष्ट्रिय सरकारको तातोले छोयो । विपत्ति व्यवस्थापनको नाममा राष्ट्रिय सरकारको छलफल चलाउने नेपाली राजनीतिक दलका नेताहरुमात्रै नभएर विदेशीहरुको चाल भएको एकपछि अर्को घटनाक्रमले प्रष्ट्याउँदै जानेछ । तर राष्ट्रिय सरकारको प्रसंग भने नेपालको राजनीतिमा ठाडो हस्तक्षेप गर्ने गरेको दक्षिणि छिमेकी भारतको पहलमा भइराखेको कुरा मधेशवादी एक नेताले बताएका छन् । उनका अनुसार कोइराला सरकार गठनको सूरुवातदेखि कोइरालासँग रुष्ट बनेको भारतले कुनै उपयुक्त निहूँमा कोइरालालाई हटाउने षड्यन्त्र भित्रभित्रै रचिरहेको थियो । वैशाख १२ गते आएको महाभूकम्प र त्यसको व्यवस्थापन भारतका लागि त्यस्तै एउटा निहुँ साबित भयो । स्रोतका अनुसार भारत यतिबेला एक तिरमा तीन निशाना लगाउन चाहन्छ । यस्तो महाविपत्तिको घडिमा पनि सरकारको खेलमा लागेको भन्दै राजनीतिक दलप्रति आम मानिसहरुको मनमा वितृष्णा जगाउने, कोइरालालाई सरकारको नेतृत्व परिवर्तन गरी आफू अनुकुलको सरकार बनाउने र भारतीयलाइ तगारोको रुपमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डलाई अझै विस्थापित गर्ने  । यी उल्लेखित तीन निशाना भारतीयहरुको रहेको ती नेताको बुझाइ छ  । ‘भारत संविधान बन्न दिने पक्षमा छैन । अहिले सरकार परिवर्तन गर्ने र आफू अनुकुलको नेतालाई सरकारमा ल्याउने योजनामा छ’ उनले बताए ।  यसले जनतामा राजनीतिक दलहरुप्रति वितृष्णा मात्रै जगाउने छैन नजिकिँदै गरेको नेपाली कांग्रेसको महाधिवेशनलाई समेत काफी असर पार्ने छ । जसबाट तुलनात्मक रुपमा स्वतन्त्र निर्णय गर्नुपर्छ भन्ने मान्यता राख्ने हालका प्रधानमन्त्री सुशिल कोइराला कांग्रेसमा कमजोर हुनेछन् । कोइराला कमजोर हुँदा अर्का नेता शेर बहादुर देउवाको हातमा कांग्रेसको नेतृत्व जानेमा भारत ढुक्क छ । उसले देउवालाई आफू अनुकुल चलाउन सकिने बुझाइसमेत राख्दछ । नेपाली राजनीतिमा भारतीयहरुलाई जहिल्यै टाउको दुखाइको विषय भनेको एमाओवादी अध्यक्ष प्रचण्ड हुन् । भारतीयहरुले प्रचण्डलाई जहिल्यै आफ्नो खतराको रुपमा बुझ्छन् । सोही बुझाई अनुरुप प्रचण्डलाई समेत राष्ट्रिय सरकारको पासोमा सजिलै पार्न र सत्तालोभीको रुपमा स्थापित गर्न सकिने ठम्याइँमा भारतीयहरु छन् । संम्भवत छिट्टै उनीहरुले नेपालका कुनै राजनीतिक दलबाट सार्वजनिक रुपमा प्रचण्डलाई राष्ट्रपति बनाउने प्रस्ताव राख्न लगाउन सक्छन् । जसबाट प्रचण्डको साँख गिराउन सकियोस् । राष्ट्रिय सरकारको यो एउटै खेलबाट भारतीय सदिच्छा पनि पुरा हुने र नेपालका राजनीतिक दलहरुलाई एउटै भड्खारोमा पनि हाल्न सकिने भारतीयहरुको खेल रहेको ती मधेशवादी नेताको ठम्याइँ छ । तर संविधानका अन्तर्वस्तुमा सहमति नगरी राष्ट्रिय सरकार नबन्ने अडानमा रहेका एमाओवादी अध्यक्ष प्रचण्ड गलेनन् भने यो भारतीय खेल सफल हुन भने सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy