Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

यसकारण दिए बलाटरले राजिनामा

एेजेन्सी, फुटबलको सर्वोच्व निकाय फिफाका अध्यक्ष सेप ब्लाटरले पाचौँ पटक चुनाव जित्दा पनि आफनो पदबाट राजिनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि ब्लाटरले मंगलबार राती स्विटजरल्यान्डमा राजिनामा दिएको घोषणा गरेका हुन् । अध्यक्ष ब्लाटरले भ्रष्टाचार गरेको बारेमा अमेरिक न्यायिक अदालतले अनुसन्धान गरिरहेको छ । फिफाका सात पुर्व उच्च पदाधिकारी भ्रष्टाचार गरेको आरोमा स्विटजरल्यान्डबाट पक्राउ परेपनि स्विस नागरिक ब्लाटर गत साता अध्यक्षमा निर्वाचित भएका थिए । १७ वर्ष देखी फुटबलको नेतृत्वमा रहेका ब्लाटरले विश्वलाई नै चकित पादै राजिनामा दिएको घोषणा गरेका थिए । पदबाट राजिनामा दिएपनि ७९वर्षे ब्लाटरले अर्को अध्यक्ष निर्वाचित नभए सम्म काम गर्ने बताएका छन् । फिफा विगत धेरै वर्ष देखी भ्रष्टाचारमा फस्दै गएको थियो । जब फिफाका सात पदाधिकारीले भ्रष्टाचार गरेको प्रमाणित भएपछि फिफाको नेतृत्वको बारेमा नै प्रश्न उठेको थियो । अमेरिकी अदालतले १४ पदाधिकारी भ्रष्टाचारमा संलग्न भएको बताएको थियो । त्यसको दबाबलाई थेग्न नसकेपछि ब्लाटरले राजिनामा दिने निर्णय गर्नु परेको भन्ने अनुमान चलिरहेको छ । उनले राजिनामा दिएपछि ब्लाटरले फिफाको अर्को कंग्रेस जतिसक्दो छिटो नयाँ नेतृत्व छनोट गर्न सफल हुने विश्वास लिएको बताएका छन । फिफा कार्यसमितिको आगामी बैठक सन् २०१६ मे १३ मा म्याक्सिकोमा बस्दैछ । ब्लाटरले भने, ‘कार्यकारिक कमिटीलाई म विशेष बैठक बोलाउन आग्रह गर्दछु । जसले नयाँ नेतृत्व छनोट गर्ने अवसर प्रदान गर्नेछ । जुन अहिले फिफाको आवश्यकता पनि हो । त्यसले फिफाको उत्कृष्ट नेतृत्व छनोट गर्नेछ ।’ फिफाको आकस्मिक बैठक डिसेम्बर २०१५ र मार्च २०१६ मा बस्ने अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending